ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद


एबीसी न्यूज

काठमाडौं, ५ असार । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन् ।
धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने  जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको भन्दै पुनः व्यक्तिलाई दिएर व्यवसाय सञ्चालन गर्न खोज्नु गलत भएको स्थानीयवासीको भनाइ छ । मनकामना गुठीले यही असार २ गते होटल सञ्चालनका लागि भन्दै गरिएको बोलपत्र रद्द गर्न गुठी संस्थानलाई पत्र पठाएको मनकामना गुठीका प्रमुख भीमबहादुर श्रेष्ठले बताउनुभयो ।
“धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनःनिर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो”, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ ।
पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ । विसं  २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्वारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ ।
गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताउनुभयो ।
चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शङ्कास्पद देखिएको उद्योग वाणिज्य सङ्घ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो । उहाँले धर्मशालालाई पुनःनिर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताउनुभयो ।
गएको ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो । संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् । गुठी संस्थानले मासिक न्यूनतम रु एक लाख भाडा तिनुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो ।
‘विवादको साटो मेलमिलापको बाटो’
गोरखा नगरपालिकाले नगरपालिकाभित्रका ५० जनालाई आधारभूत मेलमिलाप तालिम प्रदान गरेको छ । वडास्तरमा हुने गरेका सानातिना विवादलाई स्थानीयस्तरमै हल गर्न भूमिका खेल्न मेलमिलापकर्ताहरूलाई कानुनी ज्ञानसहित आधारभूत मेलमिलाप तालिम प्रदान गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
नगरभित्रका १४ वटै वडाले छनोट गरेर पठाएका मेलमिलापकर्ता प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालको प्रविधिक सहयोगमा तालिम प्रदान गरिएको उहाँले  बताउनुभयो । ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन भएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।
“गाउँघरमा हुने सामान्य खालका विवादलाई स्थानीयस्तरमै मिलाउनका लागि मेलमिलापकर्तालाई तालिम दिइएको छ”, उहाँले भन्नुभयो, “उनीहरूलाई कसरी विवाद समाधान गर्ने र कानुनी उपचार विषयलगायतका सवालमा पनि जानकारी प्रदान भएको छ ।”
साना विवाद समयमा समाधान हुन नसक्दा पछि झनै ठूलो र झन्झटिलो बन्न सक्ने भएकाले गाउँमै समाधान गर्न सक्ने गरी मेलमिलापकर्तालाई सक्षम बनाउन तालिम प्रभावकारी भएको उहाँले बताउनुभयो । नगरप्रमुख रानामगरले मेलमिलापसम्बन्धी आधारभूत तालिम लिएका मेलमिलापकर्तालाई गोरखा नगरपालिकालाई न्यायिक, नमूना र उदाहरणीय नगरपालिका बनाउन पहल गर्न आग्रहसमेत गर्नुभयो ।
तालिममा सहभागी मेलमिलापकर्तालाई चार जनाले प्रशिक्षकले नेपालको अहिलेको ऐन, कानुनलगायतका विषयमा अभिमुखीकरण प्रदान गरेको थिए । सहभागीले मेलमिलापसम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेपछि उनीहरूबाट स्थानीय विवादलाई वडास्तरबाट नै निरुपण गर्न सजिलो हुने नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताउनुभयो । तालिममा सहभागीलाई सोमबार एक कार्यक्रममा बीच नगरप्रमुख रानामगरले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com