ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग


एबीसी न्यूज

काठमाडौं, ३ असार । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्नेसमेत गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “सिनेमाका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्र्तवार्तामार्फत अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ रु के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो रु सरकार स्पष्ट हुन जरुरी छ, यदि भातरले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ ।” नेपालको एक इञ्च भूमि पनि कसैलाई सुम्पिन तयार नभएको भन्दै उहाँले मुलुकको लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले भूमि अनधिकृतरुपमा नेपाली भूमि नापजाँच गरेको विषयमाथि सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “असार १ गते भारतीय टोलीले इन्डियन नेशनल हाइवेयले सर्वे गर्ने भन्दै कञ्चनपुरको भुजेला गड्डाचौँकी हुँदै सुक्कासालसम्मको भू(भाग नापजाँच गरेको छ, सर्वेका सामानसहित आएका ती प्रतिनिधि प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षामा खटिएका सुरक्षाले भने सुइँकोसमेत पाएनन्, के उनीहरुलाई जागिर खानका लागि मात्रै सिमानामा खटाइएको हो रु”
सांसद तारा लामा तामाङले गएराति कोशी प्रदेशका विभिन्न जिल्लामा आएको बाढीका कारण २५ जना बेपत्ता भएको र धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले देशैभरिका सामुदायिक विद्यालयका कर्मचारीको जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा तोसिमा कार्कीले कालोबजारी मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दयालबहादुर शाहीले बाजुरा जिल्लामा भएको अविरल वर्षाका कारण त्यहाँका दलित समुदाय विस्थापित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सांसद दीलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद दीपकबहादुर सिंहले खडेरीका कारण किसानको अन्नबाली नाश भइरहेको उल्लेख गर्दै धानको बीउ लगाउने बेलामा मलको हाहाकार भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दामोदर पौडेल वैरागीले शिक्षा सेवा नियमावली जतिसक्दो चाँडो ल्याउन माग गर्नुभयो । सांसदहरु दुर्गा राई, दीपा शर्मा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, धनबहादुर बुढा, ध्रुवबहादुर प्रधान, निशा डाँडी, प्रभु शाह, प्रमु हजारा दुसाद, प्रेमबहादुर महर्जन, प्रेम सुवाल, वासुदेव घिमिरे, विन्दावासिनी कङ्साकार, विनिता कठायत,  नवलकिशोर शाह, नारायणप्रसाद आचार्य, नागिना यादव र नारायणी शर्माले नागरिकता, खानेपानी, बाढिपहिरो, अविरल वर्षा, यातायातलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com