ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तरी घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध


एबीसी न्यूज
जेष्ठ ३१, २०८० बुधबार  १ : २४ बजे

काठमाडौं, ३१ जेठ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो ।

तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो । वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेकाले तटबन्ध निर्माणपश्चात समस्या हटेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेश सरकार पूर्वमन्त्री हरिबहादुर चुमानको पहलमा बस्ती संरक्षणका लागि रु आठ लाख विनियोजन भएको हो । वडाध्यक्ष गुरुङको पहलमा मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाले एक सय २० र गण्डकी प्रदेश सरकारले ५० मिटर तटबन्ध गरेको खानीखोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णविक्रम थापाले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा करिब १५ मिटर गहिराइ र ३० मिटर उचाइको पर्खाल निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “खोलामा आउने बाढीबाट कटान रोक्न पर्खाल लगाएका र नलगाएका क्षेत्रमा ठूला–ठूला ढुङ्गा राख्ने योजना बनाएका छौँ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । उक्त क्षेत्रमा अझै संरक्षण गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

कृषकलाई मौरीका घार अनुदानमा

त्यसैगरी गाउँपालिका कार्यालयले एक वडा, एक उत्पादन कार्यलाई प्रोत्साहन गर्न ७५ प्रतिशत अनुदानमा कृषकलाई मौरीघार वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष चुमानले एक सय १८ वटा मौरीका घार वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com