काठमाडौं, २८ जेठ । सांसद दिनेशकुमार यादवले देशको वर्तमान सङ्कटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “देश अहिले सङ्कटमा छ, त्यो सङ्कटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।”
सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्नेथलो मधेसलाई बजेटले छुन नसकेको पनि उहाँले टिप्पणी गर्नुभयो । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद रुपा विकले आव २०८०र८१ को बजेट वक्तव्यले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । “निराश भएका जनता र व्यवसायीलाई उत्साह दिने खालको बजेट आएको छ । यद्यपि बजेटमा केही परिमार्जन गर्नुपर्ने विषय पनि छन्” उहाँले भन्नुभयो ।
बजेटले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन केही नयाँ सोच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटि’मा अगाडि सारेको बताउँदै सांसद विकले जसलाई सकारात्मक सङ्केतको रुपमा लिनुपर्ने बताउनुभयो । बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा विशेषगरी जुम्लामा शैक्षिक जनशक्ति बढेको छ, राज्यका हरेक गतिविधिलाई तर्कपूर्ण विश्लेषण गर्नसक्ने भएको छ, अब संवैधानिक नियुक्त र राजनीतिक नियुक्तिमा समेत कर्णालीले अर्थपूर्ण सहभागिता हुनुपर्छ ।








प्रतिक्रिया दिनुहोस्