काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन् । प्रधानमन्त्रीका साथमा परराष्ट्र, अर्थ, ऊर्जा तथा संस्कृति मन्त्री समेत शनिबार साँझ पशुपति पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले औपचारिक भारत भ्रमणका क्रममा मध्यप्रदेशस्थित उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पूजाआजा गरेका थिए । त्यसको एक सातापछि उनी पशुपति पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले पशुपति क्षेत्र विकास कोषका सदस्यहरूबाट ब्रिफिङसमेत लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्