ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले भने – ‘सोचेजस्तै भयो’, ‘विश्वासको संकट समाधान’, ‘बंगलादेश मोडेलको नयाँ बहस’


एबीसी न्यूज
जेष्ठ २०, २०८० शनिबार  ८ : ५० बजे

 

काठमाडौँ २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण आफूले सोचेको जस्तै मूलभुत उद्देश्य पूरा भएको बताएका छन् ।

ुयो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रुपमा मैले सोचेको कुरा पूरा भएको छ । केही महत्वपूर्ण दूरगामी समझदारी भएका छन् । आफैंमा त्यो महत्वपूर्ण सुरुवात हो । चाहे दीर्घकालीन ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट भन्ने विषय होस्, हामी नेपालीहरुले सुरुदेखि नै राख्दै आएको कुरा थियो,’ दाहालले भने, ुयसपटक त्यसमा सहमति बन्यो । प्रधानमन्त्री मोदीले आफैंले यो सम्पन्न भएको घोषणा गर्नु महत्वपूर्ण छ ।’

सीमा सम्बन्धी विषयमा भारतीय समकक्षीसँग खुलेर कुरा गरेको पनि प्रधानमन्त्रीले बताएका थिए । शनिबार साँझ नयाँदिल्लीबाट फर्किएपछि पत्रकारहरूसँग दाहालले यस्तो बताएका हुन् । दाहालको यो चौथो भारत भ्रमण थियो ।

‘भारतीय प्रधानमन्त्रीसँग खुलेर यसको समाधान खोज्नै पर्छ नत्र भने नेपाल(भारत सम्बन्धलाई सहज हुनसक्दैन भनेको छु,’ दाहालले भने, ‘उहाँले पनि समाधान खोजौं हामी पनि तयार छौं भनेर भन्नु भयो । सकारात्मक जवाफ मलाई मात्रै दिनु भएन प्रेस मिटमा तपाईंहरुले पनि सुन्नु भयो । सीमा विवादको विषयमा जे जति समस्या छन् सबैको समाधान खोज्ने प्रतिबद्धता सार्वजनिक रुपले व्यक्त भयो ।ु

दाहालका अनुसार सीमा विवाद समाधान गर्ने विषयमा भएको सहमति आफैंमा ठूलो छ । ुहामी सधैँ नकारात्मक र आलोचक मात्रै होइनौं । हामीले समस्या समाधान खोजेका छौ’ दाहालले भने, ‘यो ठूलो कुरा भयो ।’
विश्वासको संकट समाधान भयो

प्रचण्डले भारतलाई लिएर राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यसपटकको भ्रमणले समाधान गरेको बताएका छन् ।’प्रेस मिटमा तपाईंहरुले मोदीजी र मेरो मुखबाट पनि सुन्नु भयो । उहाँले नेपालसँगको सम्बन्धलाई हिमाल जतिको उच्च बनाउने भन्नुभयो,’ दाहालले भने, ु२०१४ मा नेपालको संसदमा बोल्दा जुन उत्साह थियो त्यसलाई स्मरण गर्दै त्यसलाई हिट भन्नु भएको थियो । अब सुपरहिट गर्नुपर्छ भनेर भन्नु भएको छ । त्यसले पनि विश्वासको वातावरण बन्दै छ भन्ने देखाएको छ ।ु

दाहालले २०१९ देखि अफ्ठ्यारो भएको नेपाल(भारत सम्बन्धमा सुधार भएको पनि बताए । साथै भारतसँग भएको पारवहन सन्धि पनि आफ्नो भ्रमणको उपलब्धि भएको उनले बताएका थिए ।

‘हाम्रो धेरै छलफल नेपालको व्यापार घाटा कम गर्न र कृषि उपजलाई वृद्धि गर्न साथै भन्सारमा सहजिकरण गर्ने विषयमा केन्द्रित रह्यो,’ दाहालले भने, ‘यस विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग राम्रोसँग छलफल भयो । त्यसले पनि यो भ्रमण विगतको भन्दा फरक मात्रै नभएर परिणाममुखी पनि भयो ।’

दाहालले छलफलको परिणाम आउन लागेको समयमा वातावरण बिगार्ने गरी नकारात्मक कुरा गरेर नेपाललाई धेरै फाइदा नहुने बताएका थिए ।

मोदीलाई निम्तो
प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन् ।

आफ्नो निम्तो ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

‘भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहाल जेठ १७ मा ४ दिने भारत भ्रमणमा गएका थिए । उनी शनिबार साँझ ६ बजे स्वदेश फर्किएका हुन् । उनले भ्रमण परिणाममुखी रहेको बताए ।
सीमासमस्याबारे वंगलादेश मोडेलको बहस शुरु
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ४ दिने औपचारिक भारत भ्रमणका क्रममा ‘बंगलादेश मोडल’को बारेमा पनि छलफल भएको स्पष्ट पारेका छन्। साथै, उक्त विकल्पबारे छलफल भएको भएपनि अहिलेनै सोही निष्कर्ष भने नभएको उनले बताए।

उनले कालापानी, लिपुलेक लगायतका भूभागको विकल्पमा बंगलादेश जाने बाटोबारे छलफल भएको बताए।

‘यो कुरा पक्कै पनि भयो। विभिन्न विकल्पहरुको बारेमा किन नसोच्ने भन्ने कुरा भएको छ। प्रधानमन्त्री मोदीसँग मात्र होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिम नै बसेको बेलामा पनि बंगलादेश मोडलको कुरा, बंगलादेशको लामो समयदेखिको समस्या समाधान गर्न भारत बंगलादेशको लामो समयदेखिको समस्या समाधान गर्न भारत बंगलादेशले जुन सफलता हासिल गरे त्यो हाम्रा लागि पनि हुनसक्छ भन्ने भयो।’

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेकोबारे उनले गत शुक्रबार नेपालका सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पनि बताएका थिए।

‘हामीलाई बंगलादेश जाने बाटो दिने कुरा पनि एउटा विकल्प। नेपाली विज्ञहरुको पनि लगातारको भनाइ त्यही छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रचण्डले नेपाली विज्ञहरुले यदि भारतले कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताएका हुन्।

‘त्यो हाम्रो भूमि नै हो, हाम्रो भूमी सर्लक्कै फिर्ता गरेको राम्रो। केही संवेदनशिलता हो भने अरु विकल्प पनि हुनसक्छन भन्ने बारेमा छलफल भएका कारण मोदीजी उत्साहित भएर सीमानाको समस्या पनि हल गर्ने भनेर मैलेभन्दा पहिला बोल्नुभएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने।

गत १७ जेठमा प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका प्रधानमन्त्री प्रचण्ड ४ दिनपछि शनिबार साँझ नेपाल आइपुगेका हुन्।

उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतले स्वागत गरेका थिए।

ईपीजीको कुरा उचालेर वातावरण बिगार्नु उचित थिएन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेको बताएका छन् ।

चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।

‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन’ उनले भने ।

नेपाल र भारतको राजनीतिक नेतृत्वबीच यो भ्रमणले विश्वासको वातावरण बनेको भन्दै उनले यही वातावरण सहज रुपमा अगाडि बढेमा ईपीजीको विषयमा पनि कुरा हुन सक्ने बताए । ‘…यो सबै गर्दै गएपछि ईपीजी पनि लिने काम हुन्छ । जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुरा भएको छ, त्यो वतावरणलाई सहज बनाउँदै लैजाँदादखेरि सबै चिज हुँदै जान्छ’ उनले भने ।

नेपाल र भारतबीचको सन् १९५० को सन्धिलगायतका समस्या समाधानका लागि दुई देशका प्रवुद्ध व्यक्तिहरु सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपीजी) बनेको थियो ।

उक्त समूहले दुबै देशमा छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ । तर प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भएको थियो, जस अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।

 

 स्पष्टीकरण : ‘श्रीमतीलाई ठीक हुन्छ भनेर महाकालेश्वरमा रुद्राक्ष चढाएको होइन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य ठीक हुन्छ भनेर आफूले महाकालेश्वर मन्दिरमा रुद्राक्ष नचढाएको स्पष्टीकरण दिएका छन्।

भारत भ्रमणका क्रममा शुक्रबार भारतको मध्य प्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

त्यसबारे सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउदको इच्छामा रुद्राक्ष बोकेर गएको पनि बताए।

‘मिडियामा आएको देखेँ मैले। रुद्राक्ष, यो लाने इनिसियटिभ्स परराष्ट्रमन्त्रीको हो। उहाँले यो लानुपर्छ भनेपछि हुन्छ तपाईंले लानुहुन्छ भने राम्रै हुन्छ भनेको हो मैल। उहाँले लगेकोलाई मैले नछुने अब?,’ प्रधानमन्त्री प्रचण्डले भने।

उक्त रुद्राक्ष चढाउने बारे आफ्नो दिमागमा नभएको पनि प्रचण्डले बताए।

‘त्यो चढाएको श्रीमतीको स्वास्थ्य ठीक हुन्छ भनेर विल्कुल होइन। त्यो मेरो दिमागमा थिएन, अहिलेपनि छैन। यहाँ पत्नीको स्वास्थ्यका लागि रुद्राक्ष दियो भनेर तल झारिदिने क्या?,’ प्रधानमन्त्री प्रचण्डले भने।

पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले निको नहुने खालको रोग लागेको जानकारी गराए।

‘मेरो पत्नीको स्थिति के छ तपाईंहरु सबैलाई थाहा छ। उनको बिमार निको हुन खालको नै होएन। म कस्तो प्रवृत्तिको मान्छे हँ तपाईंहरुलाई थाहा छ,,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अनि म महाकालेश्वर गएर पत्नी बचाइ पाउँ भन्छुहोला त? त्यसको केही अर्थ हुन्छ। मान्छेले गर्ने पनि सीमाभित्र बसेर गर्नुप¥यो, त्यो अलि बढी भयो।’

प्रधानमन्त्रीको भारत भ्रमण : के–के भए सहमति र सम्झौता

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

सम्बन्धित

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com