ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल क्यान्सर अस्पतालको ओपीडी सेवा आज निःशुल्क


एबीसी न्यूज

काठमाडौं, १९ जेठ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आफनो छैठौं वार्षिकोत्सवको अवसर पारेर बिरामीका लागि आज निशुल्क ओपीडी सेवा संचालन गरेको छ । अस्पतालले विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आज एक दिने निशुल्क ओपीडी सेवा समेत राखेको हो ।

ओपीडी बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । यसैगरी वार्षिकोत्सवकै अवसर पारेर अस्पतालमा गरिने विभिन्न ल्याब टेस्टहरुमा विशेष छुट प्रदान गरिएको पनि अस्पतालले जनाएको छ । नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नाराका साथ ६ वर्ष अघि यस अस्पतालको स्थापना भएको थियो । भोलि जेठ २० गते अस्पतालले विशेष कार्यक्रमको आयोजना गरी छैठौं वार्षिकोत्सव मनाउँदैछ । अस्पतालको छैठौं वार्षिकोत्सवको अवसर पारेर क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले वाकाथन कार्यक्रम समेत गरेको थियो । बिहान लगनखेलबाट सुरु भएको वाकाथनमा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अन्य चिकित्सकहरु स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सर सर्भाइभर्स विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । वाकाथन लगनखेलबाट सुरु भएर जावलाखेलमा गएर कोणसभामा परिणत भएर टुंगिएको थियो ।

उक्त कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले क्यान्सरबारे जनमानसमा अझै पनि भ्रमहरु रहेको र त्यसलाई कम गराउँदै लानका लागि सचेतनामूलक कार्यक्रमहरुको आवश्यक भएको बताए । उनले क्यान्सर सुरुकै अवस्थामा उपचार गरेमा निको हुने भए पनि जनचेतनाको कमीले ढिला गरेर मात्र उपचारमा आउने गरेको जनाए । नेपालीको क्यान्सर उपचार नेपालमै भन्ने नाराका साथ ६ वर्ष अघि नेपाल क्यान्सर अस्पतालको स्थापना भएको थियो । अस्पतालले छैठौ वार्षिकोत्सवको अवशरमा विभिन्न कार्यक्रहरुको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com