ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय संसद्‌मा ‘कपिलवस्तु र लुम्विनी’ कुँदेर राखेको बारे कुरा नगर्ने भए किन भारत जाने ? : ओली


ABC NEWS
जेष्ठ १६, २०८० मंगलबार  ५ : ३३ बजे

काठमाडौँ १६ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नयाँ संसद् भवनमा कुँदिएर बनाएको ुअखण्ड भारतुको नक्सा हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा छलफल गर्नुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले नक्साको विषयमा कुरा नगर्ने हो भने भारत भ्रमणमा जानुको औचित्य नहुने बताए ।

‘भारतको नयाँ संसद् भवनमा काठमा कुँदेर कपिलवस्तु राख्यो भनेपछि मैले देखेको छैन, सुनेको हुँ । भारतले होइन भने खण्डन गर्‍यो भने वा हटायो भन्यो भने वा गल्ती महसुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ,’ ओलीले भने, ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ उहाँले त्यो हटाउनु होस् त्यो गल्ती सच्याउनु होस् भनेर भारतसँग कुरा गर्नुपर्छ । त्यो त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने रुु प्रधानमन्त्री दाहाल बुधबार ४ दिने भारत भ्रमणमा जाँदैछन् ।

कार्यक्रममा ओलीले भारत जस्तो एउटा पुरानो सुदृढ नमुना लोकतन्त्र भएको देशले नेपालको भूमि समेटेर आफ्नो संसद्‌मा राख्नुलाई उचित भन्न नसकिने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको अखण्ड भारतको मुरालमा नेपाल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com