ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय संसद्‌को ‘मुरल’मा कपिलवस्तु र लुम्विनी रहेको सरकारको नोटिसमा छ : मन्त्री बस्नेत


ABC NEWS
जेष्ठ १६, २०८० मंगलबार  १ : ४२ बजे

काठमाडौँ १६ जेठ । ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद् भवनमा राखिएको मुरल ९भित्ते चित्र० मा नेपाली भूमि पनि रहेको भन्ने कुराको जानकारी नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको प्रविधि तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमिको नाम रहेको मुरल राखिएको सार्वजनिक भएको विषयमा चासो राखेका थिए । सो प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले सरकारको नोटिसमा उक्त कुरा रहेको बताएका हुन् ।

सांसद गैरेले सोधेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ । भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ । यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

जवाफमा मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा रहेको छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री बुधबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । भारतले केही दिन पहिले मात्रै नयाँ संसद् भवनमा भारतको ‘अखण्ड भारत’ नक्सा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com