ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्भ्रान्तहरुको बजेटः सामान्य विद्युतीय गाडीमा कर बढायो, ठूलाको घटायो, कर्मचारीको भत्ता कटौती, राजनीति पदाधिकारीको यथावत


ABC NEWS
जेष्ठ १६, २०८० मंगलबार  ८ : ०० बजे

काठमाडौं १६ । सरकारले धेरै माग हुने र निम्न मम्यमवर्गदेखि मध्यमवर्ग सम्मले चढ्न सक्ने सामान्य विद्युतीय गाडीमा कर बढाएको छ । नेपालमा धेरै माग रहेको थोरै वाट क्षमताको गाडीको कर वृद्धि गरेको हो । जसमा कार, जीप र भ्यान रहेका छन् ।

अब ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । त्यसमाथि थप १५ प्रतिशत अन्तशुल्क समेत लगाइएको छ । यसभन्दा पहिले सरकारले १ सय किलोवाटसम्मकै सवारीलाई १० प्रतिशत मात्रै भन्सार महसुल उठाइरहेको थियो ।गाडी आयातकर्ता एजेन्ट व्यापारीहरुले यही माग गरेका थिए । सरकारले तिनै सम्भ्रान्तको माग पूरा गरिदिएको छ ।

५० देखि १ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार तोकिएको छ भने १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।

१ सय देखि २ सय किलोवाट क्षमतासम्मका सवारीमा २०÷२० प्रतिशत भन्सार र अन्तशुल्क दर तोकिएको छ । यसअघि ३० भन्सार र ३० प्रतिशत अन्तशुल्क थियो । १ सयदेखि २ सय किलोवाटका गाडीमा अन्तशुल्क र कर गरी १० प्रतिशत घटेको छ । एजेन्टहरुले यसै गर्न अर्थमन्त्रीलाई माग गरेका थिए ।

त्यस्तै, २ सयदेखि ३ सय किलोवाटका विद्युतीय गाडीलाई भन्सार शुल्क ४० प्रतिशत तोकिएको छ । यसभन्दा पहिले ४५ प्रतिशत थियो । ५ प्रतिशतले घटेको हो । अन्तशुल्क भने ४५ प्रतिशत नै रहेको छ ।

३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीमा भन्सार ८० प्रतिशत पुगेको छ । यसअघि ६० प्रतिशत थियो । यस्ता गाडी एकाध बाहेक सकसैले प्रयोग गर्दैन ।
एक अर्थशास्त्रीले भने बजेट कस्तो छ भन्ने हेर्न त ज्ञानेन्द्र शाहीले समर्थन गरेबाटै प्रष्ट छ नि ।
सरकारले निजामति लगायतक कर्मचारीको भत्ता कटौती गरेपनि राजनीतिक पदाधिकारीहरु ससांसद, मन्त्री, आयोगका पदाधिकारी तथा नियोगका अधिकारीहरुको भने यथावत राखेर यो बजेट सर्वसाधार जनता देखि कर्मचारीसम्मको होइन, केवल सांसद र नेताहरुको भन्ने सन्देश दिएको छ । त्यसमाथि बहुविवादित ठाडै भ्रष्टाचार गर भनेर बांडिने रकम भनेर स्थापित सांसद विकास कोष व्युंताएर ८ अर्ब बढी हाकाहाकी प्रत्यक्ष निर्वाचिति १६५ ससांसदलाई रकम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com