ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले आफू एमाले र कांग्रेस दुवै गठबन्धनको साझा प्रधानमन्त्री भएको दावी


ABC NEWS
जेष्ठ १३, २०८० शनिबार  ७ : ४६ बजे

काठमाडौँ १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू एमाले र कांग्रेस सम्मिलित दुवै गठबन्धनको प्रधानमन्त्री भएकाले नीति तथा कार्यक्रममा दुवै पक्ष समिटिएको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू प्रधानमन्त्री हुन एमालेको पनि लगानी रहेकोले नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

आफू सरकारमा आएपछि दुईवटा गठबन्धन सरकार बनेको बताउँदै पहिलो गठबन्धन सरकार हुँदा न्यूनतम साझा कार्यक्रम ल्याएको बताए । त्यतिबेला हाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका केपी शर्मा ओलीले सो न्यूनतम साझा कार्यक्रमलाई ‘हिस्टोरिकल एण्ड एक्सेलेन्ट डकुमेन्ट’ भनेको प्रधानमन्त्रीले स्मरण गरे । दोस्रो गठबन्धनको सरकार बनाउँदा पहिलो न्यूनतम साझा कार्यक्रमका राम्रा कुरा समेटेर बनाएको बताउँदै उनले अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ती कुरा समेटिएकोले परम्परागत नीति तथा कार्यक्रम नभएको उल्लेख गरे ।

उनले भने–‘माननीय सदस्यहरूले गहिरो ढंगले बिचार गरिदिनुभयो भने यो पटकको अलि विशिष्टता, यो पटकको मौलिकता यसमा अन्तर्निहित छ । सबै दलका नेता र माननीय सदस्यहरूको पनि अपनत्व र स्वामित्व कुनै न कुनै रूपमा यो नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको कुरालाई आत्मसाथ गर्न जरुरी छ ।’

विगतको भन्दा फरक पृष्ठभूमि र सन्दर्भका साथ नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री प्रचण्डको जोड छ । उनले आफू संसद्को ९९ प्रतिशत सांसदको समर्थन रहेको प्रधानमन्त्री बनेको र अहिले पनि आफूसँग बहुमत बढी सदस्यको समर्थन रहेको बताए । उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई इंगित गर्दै यो प्रधानमन्त्री बनाउन मेरो पनि लगानी छ भनेर किन सकारात्मक रूपमा नलिने भन्दै प्रश्न समेत गरेका छन् । अघिल्लो र पछिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको बताउँदै त्यसबारेमा गम्भीर ढंगले बिचार गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी रहेको पनि स्वीकार गरे । उनले कार्यक्रममा समेटिएका आधारभूत कुराहरू अघिल्ला सरकारले ल्याएजस्तै विषयहरू रहेको बताए ।

प्रचण्डले भने–‘म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । कैयौँ आधारभूत कुराहरू पोहोर साल, परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ, ुबिलकुल ठीक आयो । हामीले ल्याएको जस्तै आयो । हामीले यस्तै ल्याउँथ्यौँ, अहिलेको सरकारले पनि त्यस्तै ल्यायोु भनेर समर्थन गर्नुपर्ने मैले देख्छु ।’ प्रधानमन्त्री प्रचण्डले यो अघिल्ला सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेभन्दा गुणात्मक थियो र भन्दै प्रश्न समेत गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी रहेको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा संसदहरुले उठाएको सवालहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा समेटिएका आधारभूत कुराहरू अघिल्ला सरकारले ल्याएजस्तै विषयहरू रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com