ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्र शाहलाई झलनाथको चुनौतिः ‘राजतन्त्र फर्कँदैन बरू राप्रपाको अध्यक्ष बन्नुस्’


ABC NEWS
जेष्ठ १३, २०८० शनिबार  ४ : ४९ बजे

काठमाडौं १३ जेठ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै पूर्वराजालाई राप्रपाको अध्यक्ष बन्न वा अन्य कुनै पार्टी खोल्न सुझाव दिएका हुन्।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्।अभिनन्दनका कुरा छन्,’ खनालले भने, ‘एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। बरू राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्।’

खनालले हिजो आन्दोलनमा ठूलो भूमिका खेलेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताए। त्यसकारण यो १५ वर्षको समीक्षा गर्दै देशलाई अगाडि लैजानुपर्ने उनले बताए।

होइन भने देशमा अराजकता सिर्जना हुने उनको भनाइ छ।

‘जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको प्रतिष्ठामा आँच आएको बताउँदै यो अनुसन्धानलाई अन्तिमसम्म लगिनुपर्ने बताए।

‘अनुसन्धानमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली जनताले सहन गर्नेवाला छैनन्,’ खनालले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

सम्बन्धित

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com