काठमाडौं, १८ माघ । काठमाडौं, १८ माघ युरोप लगायतका मुलुकहरुमा पठाइदिन्छु भनी ठगी गर्ने समुहका ५ जनालाई काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित होटल इन्काउन्टरबाट महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुका काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का ३४ वर्षीय नारायण घिमिरे, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने रुपन्देहीको कालिकानगर नगरपालिका–१३ बस्ने ३६ बर्षीय झपेन्द्र थापामगर रहेका छन् । त्यस्तै काठमाडौं गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका २८ वर्षीय अर्जुन अर्याल, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने सहजपुर जिल्ला उत्तरप्रदेश भारतका ३० वर्षीय संदीप सिंह र काठमाडौं गल्कोपाखा बस्ने दार्जिलिङ सिलगुढी भारतका ३७ वर्षीय रोनाल्ड गहतराज रहेका छन् ।
उनीहरुबाट महाशाखाको प्रहरीले नेपाली राहदानी १९ थान, बंगलादेशी राहदानी २५ थान, भारतीय राहदानी १ थान, विभिन्न व्यक्तिहरुको पुलिस रिपोर्ट ११ थान र अन्य विभिन्न कागजातसहित पक्राउ गरेको हो ।
उनीहरुमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी संचालन गरी ठगी गरेको खुल्न आएकोले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्