ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता


एबीसी / संवाददाता

ढोरपाटन, १२ जेठ । जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुंगा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ ।

निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूलो पहिरो वर्षौँदेखि गइरहनछन् । पहिरोकै कारण वर्षै जसो मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरु गाउँमाथिको दह जंगलतर्फ लाग्छन् ।

गाउँका करिब एक सय ५० घर परिवार छन् । यी सबै घरमा पहिरोको जोखिम छ । भूगर्भविदले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरु अन्यत्र बसाइसराइँ गर्न सकेका छैनन । बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन् ।

हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोका कारण घरमा चिरा परेका छन् । स्थानीयहरु चिरा परेका घर टालटुल गरी बसिरहेका छन् ।

निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित स्थानीयमा पर्छ । पालिकामा दुई सय ८२ घरपरिवार पहिरोले विस्थापित भइसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । ती घरहमध्ये दुई सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका एक सय घर, वडा नम्बर २ खाडुका ११ घर, वडा नम्बर २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नम्बर ३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्यांकमा छ ।

वडा नम्बर ४ का तीन घर वडा नम्बर ५ का आठ घर, वडा नम्बर ६ का चार घर र वडा नम्बर ७ मा सात वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले गौतमले बताए ।

“यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढीपहिरोबाट नागरिक प्रभावित बन्नुपरेको छ, हुल्दी गाउँको पहिरो दुई÷चार वर्ष अगाडिको होइन, यहाँ पहिरो जान थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाका लागि स्थानान्तरण गर्नुको विकल्प छैन”, सूचना अधिकारी गौतमले भने । यसका लागि केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यसवर्षको बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ । पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनिसकेको उनले जानकारी दिए । मौसमजन्य विपद् अन्तर्गत केन्द्र सरकारले दिएको रु चार लाखबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ ।

निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौँदेखि पहिरोको डरमा बाँच्नु परेको बताए । ठूलो पानी प¥यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उनको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरु पाल टाँगेर बस्ने सिञ्जालीको भनाइ छ । आर्थिक अवस्था बलियो हुनेहरु बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरु भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उनको भनाइ छ ।

सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटक–पटक सुनाए पनि अहिलेसम्म सुनुवाइ नभएको सिञ्जालीको गुनासो छ । सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरुलाई राखे ज्यान बचाउन सकिने उनको भनाइ छ । बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिञ्जाली बताउँछन् ।

“फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागि रहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना भइहाल्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छेनै पुरिन्छन्, ५÷६ वर्ष अगाडि घरमा सुतिराख्नु भएको मेरो आमानै पहिरोले पुरिदियो”, सिञ्जालीले भने ।

स्थानीय हुमकुमारी मल्लले आफ्नो अन्यत्र सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताए । ठूलो पानी परेका दिन कुनै दुर्घटना हुन्छ कि भन्दै रातभर नसुती बस्ने गरेको मल्लको भनाइ छ । पहिरोले कहिले पशुचौपाय कहिले गोठ पुरिदिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको उनको भनाइ छ ।

“गाउँपालिकामा धेरै पटक भन्यौँ, केन्द्र र प्रदेश सरकारसँग पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ”, उनले भने, “पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको चार महिना त निकै गाह्रो हुन्छ ।”

निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौँदेखि नागरिकलाई दुःख दिइराखेको बताए । गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदा बस्तीनै स्थानान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ । उनले बस्ती स्थानान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com