ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएन : उपमहासचिव गुरुङ


एबीसी न्यूज

 

 

काठमाडौं ९ जेठ। नेकपा एमालेका उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताए ।

उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताए । सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताए ।

‘सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हामीले धेरै कुरा उठाएका छौँ । तर त्यो हुन्छ कसरी रु त्यसको पनि यो नीति तथा कार्यक्रममा ठोस नीति आएन । मुलुकको अर्थतन्त्र संकटमा छ, मन्दीमा छ । संकटमा भएको अर्थतन्त्रलाई कसरी माथि उठाउने रु’ उनले प्रश्न गरे ।

त्यस्तै, यसबाट कसरी हामी पार गरेर समृद्धिको दिशातिर अगाडि जाने भन्ने कुरामा हाम्रो नीतिगत छलाङ कहाँ हुनुपर्ने हो रु त्यो ठोस रुपमा नआएको गुरुङले बताए ।

‘अर्थतन्त्रको समस्या समाधान कसरी गर्ने भन्नेपनि आएन । सबैभन्दा जल्दोबल्दो समस्या संघीयताको कार्यान्वयन संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । संघीयतामाथि अझ प्रश्नहरु उठिराखेको छ । यो प्रश्न उठ्ने काम संघीयता पक्षधरहरुकै कामले, हाम्रै अयोग्यताका कारणले उठिरहेको छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु’, उनले भने, ‘उत्पादन सम्बन्धमाथि भइरहेको दलाल नोकरशाही पुँजिपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजीवादको विकास गरेर स्वाधिन राष्ट्रिय अर्थतन्त्रको निर्माण गरेर मात्रै हामी समाजवादका आधारहरु तयार गर्न सक्छौँ । समाजवादमा पुग्नसक्छौँ । यो नीति, कार्यक्रममा नभएकोले कुरा उठाइरहेको छु ।’

उनले नीति, कार्यक्रममा दलाल पूँजीवादलाई बलियो बनाउने कि राष्ट्रिय पूँजीवादलाई बलियो बनाउने भन्ने स्पष्ट नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com