ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोल्यान्ड लैजाने भन्दै टिकटकमा विज्ञापन गरेको गिरोहका सदस्य दुई विदेशी नागरिक होटल मेरियटबाट पक्राउ


ABC NEWS

काठमाडौं ६ जेठ । शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो।

उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए।

केहीदिन अघि टिकटकमा लबकअज्ञढड नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक भएको थियो। भिडिओमा ुरिताु नामले चिनाएकी एक युवतीले आफू पोल्यान्ड रिक्रुटमेन्ट कम्पनीको प्रतिनिधि रहेको र वेयरहाउस र फ्याक्ट्रीमा काम गर्न हजार जना नेपालीलाई पोल्यान्ड र अन्य युरोपियन देशमा लैजान चाहेको बताएकी थिइन्।

उनले निवेदककै समय र स्थानमा सेमिनार र अन्तर्वार्ता हुने बताउँदै सम्पर्क नम्बर उपलब्ध गराएकी थिइन्। त्यही आधारमा शनिबार बिहानैदेखि सयौंको संख्यामा युवाहरू मेरियट अगाडि उपस्थित भएका थिए।

भिड जम्मा भएपछि प्रहरीले सोधपुछ गरेको थियो।

पोल्यान्ड लाने भनेर टिकटकमा विज्ञापन गरेको र त्यही विज्ञापन हेरेर सयौं मानिसहरू उपस्थित भएको पाइएपछि वैदेशिक रोजगार विभागलाई खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोली मेरियट पुगेको थियो। विभागका महानिर्देशक मदन दाहालले दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

ल्अभिि
‘पोल्यान्ड लगिदिने भनेर अन्तर्वार्ताको लागि मेरियट होटलमा बोलाएका रहेछन्। हामीसँग कुनै स्वीकृति पनि लिएका थिएनन्,’ उनले भने, ‘टिकटक, ह्वाट्स एपमार्फत् बोलाइएको रहेछ। मानिसहरू पनि थुप्रै जम्मा भएका थिए। त्यस्तो खबर पाएपछि हाम्रो टोली गएर दुई जना विदेशी नागरिकलाई पक्राउ गरेका छौं।’

पक्राउ पर्नेहरूमा पोल्यान्डका नागरिक एलेग फेडोसिक र दुबईका र्‍याट फियागोसिक रहेको विभागका शाखा अधिकृत धर्मराज लम्सालले जानकारी दिए।

उनीहरूको युएईको जुभेरास्थित नर्थ अमेरिकन भिसा सर्भिसमा आवद्धता देखिएको लम्सालले बताए।

उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com