ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशन सम्पन्न


admin

मकवानपुर, १८ माघ। प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।

सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य डोरमणि पौडेलले आज यहाँ बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो र जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौँ हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताउनुभयो । उहाँले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्न आग्रह पनि गर्नुभयो ।

विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताउनुभयो ।

नेपाल मजदुुर किसान पार्टीका सुरेन्दराज गोसाईंले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भए पनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रीता माझी र स्वतन्त्र (नयाँ शक्ति नेपाल) सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भई जनताका आशा अपेक्षा पूरा गर्ने तदारुकता देखाइनुपर्नेमा जोड दिनुभयो ।

बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित ग-यो ।

सभामुखको निर्वाचन २७ गते 

बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको छ ।

प्रदेशसभाको अर्काे बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com