ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा १२ को परीक्षार्थी मरिण गाउँपालिकाका अध्यक्षले ‘खेताला’ परीक्षार्थी राखेको पुष्टि, केन्द्राध्यक्ष हटाइए


abc tv
बैशाख ३१, २०८० आईतबार  ३ : ५५ बजे

सिन्धुली । कक्षा १२ को परीक्षाका परीक्षार्थी रहेका मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर परीक्षा दिएको पुष्टि भएको छ ।

परीक्षार्थी मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई कपी फेला परेपछि उनले यसअघि दिएका सबै परीक्षा रद्द भएका हुन् ।

माध्यामिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकार सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले गाउँपालिकाका अध्यक्ष समेत रहेका परीक्षार्थी मोक्तानले दिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा परीक्षा दिलाएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको दिन थियो । सो परीक्षाका दुई वटा उत्तर पुस्तिका फेला परेको र सो उत्तर पुस्तिका केन्द्राध्यक्षले बोर्डमा लेखी पठाएको भन्दै बैठकले मोक्तानको उत्तर पुस्तिका पूर्ण रुपमा रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले केन्द्राधयक्षले परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योन्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरीक्षक गोकर्णविक्रम साहलाई परीक्षा अवधिभर परीक्षासँग सम्वन्धित कुनै पनि काम नगन नदिने निर्णय गरेको छ ।

सो परीक्षा केन्द्रको परीक्षा सञ्चालनका लागि शिक्षक खेमहरि बराललाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ ।

पालिका अध्यक्ष समेत रहेका मोक्तानले थप परीक्षा समेत दिन नपाउने सिडियो नेपालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com