ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीबाट फुत्केका टोपबहादुर पुन: भारतीय प्रहरीबाट पक्राउ परेपछि भारतमै फरार ?


ABC NEWS

काठमाडौं ३० बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्तकालीन गृहमन्त्री रामबहादुर थापा संगको पुरानो दोस्तीयारीको नाजायज फाइदा उठाएर मानव तस्करीमा संलग्न रहेका एमाले सचिव टोपबहादुर रायमाझी भारतीय प्रहरीले पक्राउ गरेपछि पनि फुत्किन सफल भएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेलगत्तै नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि गृहजिल्ला अर्घाखांचीबाट भैरहवा आउनेक्रममा पक्राउ परेर पनि प्रहरीलाई चक्मा दिएर भागेका थिए । रायमाझी भागेर भारतको उत्तर प्रदेश अन्तगर्तको गोरखपुर आसपासमा बससेको नेपाल प्रहरीले भारतीय प्रहरीलाई सूचना दिएपछि भारती प्रहरीले उनलाई शुक्रबार अपरान्ह पक्राउ गरेको थियो ।

रायमाझी प्रकाउ गरेर नेपाललाई बुझाउने सहमति अनुसार रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो।

भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। तर भारतीय प्रहरीले रायमाझीलाई शुक्रबारको सट्टा शनिबार विहान बुझाउने भनेपनि अहिलेसम्म नबुझाएको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएको भन्ने भारतीय प्रहरीले नेपाली प्रहरी अधिकारीलाई बताएर निराश पारेको बुझिएको छ । किन टोपवहादुरलाई भारतीय प्रहरीले भगायो भन्नेमा नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग व्रिफिंग गरेको बुझिएको छ ।

पक्राउ परिसकेको भारतीय सुरक्षा धिकारीले निश्चित गरिसकेपछि पनि रायमाझी भागेको भन्नुले झन रहस्यमय भएको छ ।

अहिले रायमाझी भाग्न सफल भएको भनिए पनि उनी चाँडै पक्राउ पर्ने प्रहरीको उच्च स्रोतले दावी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ डा.इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
टोपबहादुर रायमाझी, रामबहादुर थापाका छोरा प्रतिक थापा र इन्द्रजित राईका छोरा पक्राउ परेपछि नक्कली शरणार्थीको सक्कली कथा सार्वजनिक हुने प्रहरीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com