ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा हाईप्रोफाइल, शीर्ष नेता नै भ्रष्टाचारीको संरक्षक (भिडियो)


एबीसी न्यूज
बैशाख २९, २०८० शुक्रबार  ११ : २० बजे

काठमाडौं, २९ बैशाख । नक्कली शरणार्थी प्रकरणमा हाईप्रोफाइलकै नेताहरु प्रहरीको निशानामा पर्न थालेपछि ठुला पार्टीलाई सकस भएको छ । भुटानी शरणार्थी प्रकरणमा सदनको पहिलो र दोस्रो ठुलो दलकै नेताहरु एकपछि अर्काे गर्दै मुछिन थालेपछि पार्टीलाई धक्का लागेको छ । उच्च तहको प्रशासनिक र राजनीतिक व्यक्तिको आडमा भएको ठगीधन्दामा दर्जनौं व्यक्तिको संलग्नता खुल्नुका साथै सडक र सदनबाट खबरदारी हुन थालेकाले यस प्रकरणलाई सामसुम पार्न नसकिने टुंगोमा शीर्षनेताहरू पुगेका छन । आफूनिकट नेताहरू अनुसन्धानमा तानिँदा पार्टीको छविमा असर पर्न सक्ने चिन्ता कांग्रेस र एमाले नेतृत्वमा देखिएको छ । ठगीधन्दामा मुछिएर कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्षनेता थप दबाबमा परेका हुन । पछिल्लो समय उपराष्ट्रपतिको कार्यालयमा कार्यरत तत्कालीन गृहसचिव टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाँण संशकित भइसकेका थिए । आफू गृहमन्त्री भएपछि खाँणले नै पाण्डेलाई गृहमन्त्रालयको सचिवको जिम्मेवारीमा ल्याएका थिए ।

गिरोहका सदस्यबाट आर्थिक लाभ लिएका पाण्डे पक्राउ पर्दा उनले आरोप अस्वीकार उनी प्रहरीले जुटाएका प्रमाणपछि भने उन्मुक्ति पाउने ठाउँ देखेनन् । पक्राउ पर्नुअघि नै प्रमाण मेटाउन आफूले प्रयोग गर्ने मोबाइल फर्म्याट गरिसकेका पाण्डेको मोबाइलको डाटा रिकभरका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । रिकभर भएरको मोबाइलमा प्रहरीले खाँण र पाण्डेबीच यो प्रकरणमा भएको आर्थिक लेनदेनको हिसाब पनि फेला पा¥यो । उक्त प्रमाणपछि सचिव पाण्डेले पनि बयानका क्रममा खाँणको पोल खोलिदिए । प्रहरीले यी सबै प्रमाण जुटाइसकेपछि खाँणका गतिविधि निगरानी गर्न थालेको थियो । उनी उम्कन सक्ने आशंकाले मंगलबारदेखि नै सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएका थिए । बयानका क्रममा उनको संलग्नता प्रष्ट देखिएपछि प्रहरी निवासमै पुगेर पक्राउ गर्न बाध्य बनेको हो । मंगलबार बेलुका ७ बजेसम्म मोबाइल एक्टिभ नै राखेका खाँण त्यसपछि बन्द गरेर सम्पर्कविहीन भएका थिए । बिशेष पक्राउ पुर्जी बोकेर प्रहरी निवासमै आइपुग्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँणघरमा चुकुल लगाएर बसिरहेका थिए । प्रहरी आएको पत्तो पाएपछि ढोका थुनेरै बसेका उनी निस्किने मुडमा थिएनन् । ढोकै फोडेरै प्रहरी भित्र पस्दा खाँणश्रीमती मञ्जुसँग भिडियो कलमा व्यस्त थिए । त्यसपछि पक्राउ परेका खाँणलाई अदालतले चार दिनको अनुमति दिएर थुनामा राख्न आदेश दिएको छ । सत्ता साझेदारी दलका नेता तथा पूर्व गृहमन्त्रीलाई हिरासतमा लिदाँ कांग्रेस सांसद अराजू राणा देउवा र मञ्जु खाण प्रहरीको निशानामा छन् । अनुसन्धानको दायरामा रहेका उनीहरुमाथि प्रहरी प्रमाण जुटाउनमा लागिपरेका छन् । जसले गर्दा अहिले पार्टीपंक्ति लाजमर्दाे अवस्था आइपुगेको छ । पूर्व गृहमन्त्री खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गर्दै गर्दा पार्टी महामन्त्री गगन थापाले नेता वा नाता जो भएपनि छोड्न नहुने अभिव्यक्ति दिएका छन् ।

तर बाँकी रहेका आरजु र मञ्जुलाई बचाउन देउवाको दौड र अनुसन्धानलाई सामसुम पार्न शीर्ष नेतृत्वको दौड सक्रिय बनेको छ । सार्वजनिक रुपमा एकअर्कालाई चेतावनी दिने तर भित्री कोठामा भयंकर जाल बुनिदैछ कि भन्ने शंकाले ठाउँ पाइरहेको छ । तथापी प्रधानमन्त्री प्रचण्डले आशंका नगर्न आग्रह गरेका छन् ।

सरकारले सत्ता गठबन्धनका नेतालाई जोगाउन प्रतिपक्षी सांसदमाथि मात्रै प्रहार केन्द्रित गरेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपलाई यो घटनाक्रमले मत्थर पारेको छ । सत्ता पक्षकै नेता प्रहरी हिरासतमा रहँदा एमालेको सात्तो गएको छ । यसै प्रकरणमा नाम मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी हाल प्रहरीको फरार सूचीमा छन् । अध्यक्ष ओलीले पार्टीभित्रको दवाव र खाँणको पक्राउपछि थप दवावको महसुस गर्दै रायमाझीलाई निलम्बन गरेका छन् । अध्यक्ष ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आएपनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने बताए ।

गिरोह नै बनाएर सरकारी कागजमा जालसाजी गर्ने, शरणार्थी बनाउँछौं भनेर झूटा आश्वासन दिने र सर्वसाधारणबाट पैसा संकलन गर्ने काममा कडा प्रावधानमा मुद्दा चल्छ । यस्तो अवस्थामा संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र किर्तेका दफालाई टेकेर अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्नेमा प्रहरीले मुद्दा साँघुरो बनाउन खोजेको छ । तर, यति ठूलो अपराधमा पनि काठमाडौं प्रहरीले मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कानुन मात्रै लगाएर अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँट देखाइरहँदा यही कारण सत्ता गुमाउने छटपटी पनि छ । किनकि शक्तिशाली पार्टी शक्तिशाली पात्र यसमा मुछिएका छन् । खाँण पक्राउ पर्दै गर्दा उनकी पत्नी मञ्जु र काँग्रेस सभापति देउवा पत्नी आरजुलाई मोटो रकम बुझाएको बयान थुनामा रहेकाले बताएका छन् । यता, बाहिरी भाषणमा सघाउने आश्वासन दिएपनि एमाले अध्यक्ष ओली टोपबहादुरसहित पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई बचाउन सक्रिय देखिन्छन् । यही विषयमा छलफल गर्न ओली र प्रधानमन्त्री प्रचण्डबीच पटक पटक भेटवार्ता भएको छ । यो डरलाग्दो अपराधको गाँठो फुकाउँदा सर्वसाधारणबाट प्रशंसा पाएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् । जसले पनि नेतृत्वमाथि नै शंका बढाउने काम गरेको छ । त्यस्तै, अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि मुछिएका छन् । तर उनीविरुद्ध गतिलो प्रमाण फेला नपरेपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन । पूर्वगृहसचिव तथा हाल अख्तियारको प्रमुख रहेका प्रेमकुमार राईमाथि पनि प्रश्न छ ।

गृहमन्त्री, सचिव अथवा गृहमन्त्रालयसँग सम्बन्धित व्यक्तिहरुबाट आम जनताले सामान्यतः देशमा हुने तस्करीबाट राष्ट्रलाई संरक्षण गर्ने विश्वास विश्वास राख्छन् । शान्ति सुरक्षाको प्रत्याभुत गराउने थलो ठान्छन् । तर नेपाली राजनीतिमा अपराधिकरण र अपराधलाई राजनीतिकरण गर्दा धेरैले न्यायको महसुस गर्न सकिरहेका छैनन् । एकले अर्कालाई दोषारोपण गर्दै शीर्ष नेतृत्वको बचाउमा लागेको कांग्रेस एमाले दुवै बदनाम भएका छन् । दलका शीर्ष नेता, मन्त्री, सचिवहरु नै मानवतस्करमा सामेल भएको घटना बाहिर आउन थालेसँगै आम नागरिकले सरकारप्रति हेर्ने दृष्टिकोण नै फरक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माननीय’ हटाउने निर्णय: सुधारको संकेत कि प्रतीकात्मक राजनीति ?

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

सम्बन्धित

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com