ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारले तीन वर्ष पहिले नै नक्कली शरणार्थी प्रकरणका उजुरीलाई तामेलीमा फालेको थियो


एबीसी न्यूज
बैशाख २८, २०८० बिहीबार  ९ : १६ बजे

 

काठमाडौं २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्त हुने वित्तिकै त्यससँग सम्बन्धित गम्भीर उजुरीहरूमाथि अनुसन्धान गर्नुको साटो त्यस्ता उजुरीलाई आफैंले तामेलीमा पठाइदिएका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा सरकारी कार्यदलको किर्ते प्रतिवेदन तयार पारिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचार नदेखिएको’ दुई दुई पटक उजुरी तामेलीमा राखेको भेटिएको छ ।

झापा र मोरङमा बाँकी रहेका शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्नेबारे अध्ययन गर्न गृह मन्त्रालयले बनाएको पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची तयार पारेर रकम उठाउने गिरोहले करोडौं रकम असुलेको भन्दै परेको उजुरी आयोगले अनुसन्धान विनै तामेलीमा राखेका थिए ।

अख्तियारमा त्यसबेला उजुरी दिने ‘पीडित’हरूले दिएको जाहेरीका आधारमा प्रहरीले अहिले यही घटनामा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेको छ ।

गिरोहलाई रकम बुझाएका पीडितहरूले आफूहरूको काम नभएको र पैसा पनि फिर्ता नभएको भन्दै अख्तियारमा ३ मंसिर २०७८ मै उजुरी दर्ता गराएका थिए ।

‘उच्चस्तरीय राजनीतिक संलग्नतामा नक्कली भुटानी शरणार्थी बनाई हामीसँग करोडौं रकम असुलियो र काम भएन भनी अख्तियारमा उजुरी परेको रहेछ’ ।भ्रष्टाचार भएको उजुरीमा प्रमाण भेटिएन वा अधिकार क्षेत्रभित्र परेन भने अख्तियारले फाइल तामेलीमा राख्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ (१२) मा ‘अनुसन्धान गर्दै जाँदा सङ्कलित प्रमाणका आधारमा आरोप प्रमाणित हुन नसक्ने भएमा आयोगले उजुरीलाई कारण सहितको पर्चा खडा गरी तामेलीमा राख्न सक्ने’ उल्लेख छ ।

फाइल तामेलीमा राख्नु भनेको अनुसन्धान टुंग्याउनु हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सम्बन्धित

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विरोधमा विपक्ष दल, सिंहदरबारमा बैठक बस्दै

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com