काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।
प्रहरीले बुधवार बिहान पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको थियो । खाँण पक्राउ परेलगत्तै लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू, यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’
बुधबार बिहान पूर्व गृहमन्त्री खाँण र उनका निजी सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको थियो।







प्रतिक्रिया दिनुहोस्