ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य


एबीसी / संवाददाता

लुम्बिनी, २५ वैशाख । रुपन्देहीको मर्चवारीदेवी मन्दिर निर्माण कार्य सम्पन्न नहुँदै विवादित बनेको छ । ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माण कार्य रोकिएको छ ।

निर्माण कम्पनीले ‘शक्तिपीठ’ लाई बेवास्ता गर्दै निर्माण कार्य अघि बढाएपछि विवाद सिर्जना भएको भन्दै मन्दिर व्यवथापन समितिका सचिव चन्द्रिका यादवले त्रुटि सच्याएपछि मात्र निर्माण कार्य अघि बढाउन सकिने बताइन् । ऐतिहासिक मर्चवारीमाई मन्दिर रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र कोटहीमाई गाउँपालिका–६ र मर्चवारी गाउँपालिका–५ को सिमानामा स्थित छ । यिनै देवीको नामबाट मर्चवार क्षेत्रको नामकरण भएको जनविश्वास पनि छ ।

“यो शक्तिपीठ प्राकृतिक हो, यसको स्थापनाबारे कोही जानकार छैनौँ”, कोटहीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्रभूषण यादवले भने, “तर छेवैमा रहेको राम जानकी मन्दिर विसं २०४६ मा राजा वीरेन्द्रले दिनुभएको एक लाख आठ हजार दान रकमबाट निर्माण भएको थियो ।”

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देहीद्वारा दुई करोड ५६ दाख ८८ हजार ८१९ को लागतमा अहिले उक्त मन्दिर भवन निर्माणाधीन छ । विसं २०८१ असार १६ गते निर्माण कार्य सम्पन्न गर्नेगरी २०७९ मङ्सिर ६ गतेको ब्रेभ कन्स्ट्रक्सनको ठेक्का समझौता छ ।

ठेक्का समझौतालगत्तै पुस १ गतेदेखि निर्माण कार्य सुरु भएको उक्त मन्दिर भवनको संरचना बिग्रिसकेको देखिएपछि निर्माण कार्य वैशाखदेखि बन्द भएको मन्दिरका महन्त (पुजारी) शम्भु शरणदासले बताए । “शास्त्रअनुसार गजुरको केन्द्र र शक्तिपीठ सिधाइमा हुनुपर्नेमा अन्यथा हुनगएको छ”, उनले भने ।

महन्त शम्भु शरणदासले मन्दिरको जग ढलान हुँदाको समयदेखि नै गजुरको बिचमा मर्चवारीमाइको शक्तिपीठ नपर्ने देखिएको ठेकेदारलाई बताए पनि कसैले वास्ता नगर्दा बिग्रिएको बताए । उनले भने, “यो शास्त्रोक्त कुरा हो, यसमा सम्झौता हुँदैन ।” यसबारे परामर्श भइरहेको उनले बताए ।

“‘चिन्ता नलिनु, म आफैँ इञ्जिनियर हो । शक्तिपीठ र गजुरको केन्द्रबीच जम्मा नौ इञ्च जमिनको फरक छ, हामी मिलाइहाल्छौँ’, ठेकेदारले भनेका थिए”, उनले भने, “अहिले छत ढलान गर्ने बेला भयो, यसबारे डिपीआर गरेको इञ्जिनियरसँग परामर्श गरी मात्र अगाडि बढ्न सक्ने बताउँदा त छाँगाबाट खसे झैँ भएका छौँ ।”

मर्चवारीदेवी मन्दिरको भौतिक संरचना निर्माणका क्रममा त्रुटि भए पनि सँगै निर्माण भइरहेको रामजानकी मन्दिरको डिपीआरमै त्रुटि देखिएको उनले बताए । “साविकको रामजानकी मन्दिरभित्र श्रद्धालुका लागि परिक्रमा गर्ने ठाउँ थियो, जुन आवश्यक पनि छ । तर निर्माणाधीन मन्दिरमा त्यस्तो छैन”, उनले भने ।

“एउटा रुख जोगाउन मन्दिरको संरचनानै बिगारियो”, उनले भने, “मन्दिरको अगाडि उत्तर–पूर्व कुनामा सटेर रहेको आँपको रुख स्थानीय केही व्यक्तिले हटाउनुहुँदैन भन्दा ठेकेदार कम्पनीले मन्दिरको संरचना करिब डेढ फिट पश्चिम सारेर निर्माण थालेपछि माथिको गजुर र शक्तिपीठको सिधाइ फरक परेको हो ।”

उनका अनुसार पूर्वस्थापित प्राचीन शक्तिपीठ, निर्माणाधीन मन्दिरमाथि राखिने गजुरको ठीक तल हुनुपर्ने हो, होइन भने मन्दिर र शक्तिपीठको कुनै मेल रहँदैन । निर्माण कम्पनी, मन्दिर व्यवस्थापन समिति, प्राविधिक र धार्मिक अध्येतालगायत सरोकारवालाले विचार–विमर्शबाट सच्याएर मात्र अघि बढ्नुपर्ने उनले सुझाए ।

“भत्काइएको पुरानो मन्दिर अगाडि रहेको आँपको रुख जोगाउन मन्दिरको संरचना डेढ फिट पश्चिम सारेका थियौँ”, ठेकेदार कम्पनी ब्रेभ कन्स्ट्रक्सनका सञ्चालक अमित श्रीवास्तवले भने, “निर्माणाधीन भवनको सिंगो संरचना त सारियो तर शक्तिपीठ भने उही ठाउँमा रहने भएकाले गजुरको बीचमा नअटाएर ढोका छेवैमा रहन गई भद्दा देखिएको छ ।”

प्राप्त सुझावअनुसार गल्ती सच्याउन विशेषज्ञसँग परामर्श गरिरहेको भन्दै उनीहरूले दिने नयाँ रेखांकन ल्याई व्यवस्थापन समितिसँग छलफल गरी निर्माण कार्य अगाडि बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com