ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडलाई ९ वर्षपछि कोपा डेल रेको उपाधि


एबीसी / संवाददाता
बैशाख २४, २०८० आईतबार  ८ : ४७ बजे

काठमाडौँ, २४ वैशाख । स्पेनिस महारथी रियल मड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि उचालेको छ । रियलले स्पेनिस ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई फाइनलमा २–१ गोलले हराउँदै २०औँ पटक कोपा डेल रे च्याम्पियन बनेको हो ।

सेभियास्थित स्तादियो डे ला कार्तुकामा भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । मड्रिडलाई उपाधि जिताउन ब्राजिलियन विङ्गर रोड्रिगोले गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए ।

मड्रिडलाई अग्रता लिन १०६ सेकेन्डको समय लागेको थियो । खेलको दोस्रो मिनेटमै रोड्रिगोले गोल गरेका थिए । रोड्रिगोले गरेको यो गोल स्पेनिस कपको फाइनलमा १७ वर्षमा सबैभन्दा छिटो भएको गोल हो ।

५८औँ मिनेटमा लुकास टोरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७०औँ मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मड्रिडलाई २–१ को दिलाए । मड्रिडसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट बञ्चित बन्यो ।

यो जितले आगामी साता युइएफए च्याम्पियन्स लिगअघि मड्रिडको मनोबल उच्च बनेको छ । साथै बेन्जेमाले मड्रिडबाट आफ्नो उपाधि संख्या २५ पुर्‍याएका छन् ।

मड्रिडले यसअघि सन् १९०५, १९०६, १९०७, १९०८, १९१७, १९३४, १९३६, १९४६, १९४७, १९६२, १९७०, १९७४, १९७५, १९८०, १९८२, १९८९, १९९३, २०११ र २०१४ मा कोपा डेल रेको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com