काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरबारमा बैठक तय गरिएको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो ।यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान लिएका थिए ।
संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ ।सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।ओलीले संसदीय सुनुवाइसहित अन्य विषयगत समितिको नेतृत्व टुंगो लगाउनुपर्ने प्रस्ताव राखेपछि वैशाख पहिलो साता बसेको बैठक निष्कर्षविहीन बनेको थियो । थप छलफल गर्ने भन्दै नेताहरू उठेका थिए । ओलीले संवैधानिक परिषद बैठकमा बाहेक सत्तापक्षलाई विपक्षी दलको नेताको आवश्यकता नदेखिएको भन्दै प्रधानमन्त्रीको भूमिकाप्रति आपत्ति जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्