ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० प्रतिशत भूभागमा तालिबान सक्रिय


admin

काठमाडौं, १७ माघ । अफगानिस्तानको करिब ७० प्रतिशत भू -भागमा तालिबानी सक्रिय रहेको बीबीसीबाट गरिएको एक अनुसन्धानले देखाएको छ । तालिवानहरु अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको दावि छ।

महिनौँ लगाएर गरिएको अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा अथवा नियन्त्रणमा कसरी वृद्धि भएको छ भन्नेमा केन्द्रित छ।

अफगान सरकारले प्रतिवेदनको खण्डन गर्दै अधिकांश क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको जनाएको छ। तर तालिबान र इस्लामिक स्टेट समूहले जिम्मेवारी दावी गरेका काबुल र अन्यत्र गरिएका हालैका आक्रमणमा कैयौँ मानिसले ज्यान गुमाएका छन्।

अफगान अधिकारी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया जनाए।

गत वर्ष ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना अनिश्चितकालका लागि रहने घोषणा गरेका थिए।

गत अगष्ट २३ देखि नोभेम्बर २१ को बीचमा अफगानिस्तानका सबै जिल्लामा गरेको अनुसन्धानले त्यहाँको सुरक्षा अवस्थाको दुर्लभ तस्वीर, साथै करिब डेढ करोड अफगान नागरिक तालिबान नियन्त्रित क्षेत्रमा या उनीहरूको खुल्ला उपस्थिति रहेको र नियमितजसो आक्रमण गर्ने क्षेत्रमा बस्ने गरेको अनुसन्धानले देखाएको छ।

परम्परागत रूपमा दक्षिणी क्षेत्रमा पकड रहेको तालिबानले देशका पूर्वी, पश्चिमी र उत्तरी क्षेत्रमा नियन्त्रण विस्तार गरेको प्रष्ट देखिन्छ।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com