ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकट ‘गंगटे’मा मन्त्री मास्की पुग्दा…


एबीसी / संवाददाता
बैशाख १७, २०८० आईतबार  ९ : २६ बजे

तुलसीपुर, १७ वैशाख । दाङको कर्णाली भनेर चिनिने ‘गंगटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत‍्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर, त्यो विद्युत् उद्घाटनको दिनमात्रै बल्यो, त्यसपछि विद्युत् बलेन । अहिले सबैका घर अगाडि विद्युत‍्का पोल र तार टाँगिए पनि विद्युत् भने पुगेको छैन ।

सडक सञ्जालको अवस्था पनि निकै नाजुक छ । आधा घन्टामा पुग्नुपर्ने ठाउँमा साढे दुई घन्टा लाग्ने गर्छ । यतिमात्रै होइन, वर्षात्मा कोही बिरामी परे चार घन्टा किउरेनीबाट पैदल हिँडेर कि त हापुरे पुग्नुपर्छ, कि त कोहलपुर जानलाई शम्शेरगञ्ज जानुपर्छ । बीचमा राष्ट्रिय निकुञ्ज पनि पर्ने गर्छ । जंगली जनावरको उत्तिकै डर हुन्छ । कोहीको अकालमै मृत्यु हुने अवस्था रहेको स्थानीय अगुवा गम्मरचन रोकाले बताए । “बर्सेनि चार–पाँच जनाको उपचार नपाएरै मृत्यु हुन्छ”, उनले भने ।

दश वर्षअघि त्यहाँ ट्रयाक खोलिएको हो । गंगटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । “यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, उनले भने, “यहाँ क्याम्पस नहुँदा धेरैजना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन् ।”

त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउनका लागि पटक–पटक गंगटेवासीले माग गरे । तर ती माग सम्बोधन हुन सकेनन् ।

गंगटेमा फोन सुविधा पनि प्रभावकारी छैन । गंगटेको तीनतलेमा टावर बनेको छ, त्यसले केही राहत दिए पनि केही ठाउँमा भने अझै पनि गाउँमै पुग्नुपर्छ ।

स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ । त्यो स्वास्थ्यचौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूला–ठूला उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ ।

गंगटे विकट क्षेत्रमा भएपछि सडक पुगेपछि भने रमणीय ठाउँ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । त्यहाँ मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ । बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्, वनजंगल पनि भएकाले दाउराको पनि समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुख सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ती त्यसै सुकेर नष्ट हुने गरेका छन् । त्यहाँ पाँच हजारभन्दा बढी जनसङ्ख्यामा बसोबास छ । तर अधिकांश व्यक्ति सुकुम्वासी छन्, ३८ बिघा क्षेत्रफलमात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ ।

मास्कीको पहिलो कार्यक्रम गंगटेमा
जनताका यी समस्या सम्बोधन गर्न लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री धनबहादुर मास्की (राजेश) ले आफ्नो पहिलो कार्यक्रम गंगटेबाट शुभारम्भ गरे । सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित उनले आफ्नो क्षेत्रको विकट क्षेत्र ‘गंगटे’ भएकाले यहाँको विकासका लागि पहिलो कार्यक्रम नै गंगटे गरेको बताए । उनकै पहलमा शनिबार विशेषज्ञ स्वास्थ्य शिविर भएको थियो । त्यो शिविरबाट करिब चार सय जनाले विशेषज्ञ स्वास्थ्य शिविर लिए । यसअघि निर्वाचन जितेपछि नेताहरू देखासमेत नपर्ने गरेको त्यहाँका बासिन्दाको गुनासो थियो । तर, मास्की चुनाव जितेपछि गंगटे पुगेको यो तेस्रोपटक हो । “मेरो पहिलो प्राथमिकता नै गंगटे छ”, उनले भने, “जसरी पनि गंगटेको जीवनस्तर उकास्न म दत्तचित्त भएर लाग्छु, यही बीचमा तीनपटक म गंगटे पुगिसकेको छु ।”

गंगटेका जनताले विशेषज्ञ स्वास्थ्य सेवा नपाएको भन्दै आफ्नो पहलमा त्यहाँ स्वास्थ्य शिविर भएको बताए । त्यहाँका सबै समस्यामा आफू जानकार रहेको भन्दै समाधान गर्नतर्फ उन्मुख भएको समेत उनको भनाइ छ । उनका अनुसार हापुरेबाट गंगटे पुग्ने सडकको स्तरोन्नतिको काम भइरहेको छ । यसमा पाँच किलोमिटर सडक कालोपत्र हुँदै छ भने बाँकी १७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । यस वर्षभित्र जनताका घर–घरमा विद्युत् बाल्न पाउने गरी तयारी गरेको बताए । त्यसका लागि विद्युत् प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइसकेको मन्त्री मास्कीको भनाइ छ ।

त्यस्तै, आफ्नो निर्वाचन क्षेत्रका विकट क्षेत्रमा टेलिकमको टावर निर्माणको प्रक्रिया पनि अघि बढिसकेका छन् । पश्चिममा चारवटा टेलिकम टावरका लागि केहीमा निर्माणको प्रक्रिया अघि बढेका छन् भने केही स्थानमा सर्भेको काम अघि बढेको उनले बताए । त्यस्तै खानेपानी, शिक्षालगायत समस्या पनि छिट्टै समाधान हुने बताए । पश्चिम दाङले पहिलोपटक मन्त्री पाएको भन्दै यहाँको विकासले तीव्रता लिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com