ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग अझै सहकार्य गर्न चाहन्छौं : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

 

काठमाडौँ १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी देश चीनसँग सहकार्य गरेर नै अघि बढ्न चाहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पताल भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य क्षेत्रको गुणस्तर बढाउन र स्वास्थ्य उपचार सेवामा सबै नागरिकको पहुँच विस्तार गर्न चीन सरकारको थप सहयोग र सहकार्य चाहेको बताए ।

‘स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिका लागि स्वास्थ्य उपकरणको व्यवस्थापन, पूर्वाधार विकास, चिकित्सक र स्वास्थ्यकर्मीहरुको सीप विकास तथा स्वास्थ्य क्षेत्रको प्रविधि आदानप्रदान जस्ता विषयहरुमा हामी चीन सरकारको थप सहयोग र सहकार्य होस् भन्ने चाहन्छौं, उनले भने ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङको सबैका लागि स्वास्थ्य भन्ने नाराका लागि विश्व समुदाय निर्माण गर्ने भिजनमा समेत नेपालले सहकार्य गर्न चाहिरहेको बताए ।

उनले चीन सरकारले नेपालका विभिन्न अस्पतालहरुलाई अत्याधुनिक प्रविधिहरु उपलब्ध गराउन चीन सरकारले सहमति जनाएको जानकारी दिए । ‘चीनले सिभिल अस्पतालका लागि ब्लड क्यान्सरको उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक कार-टि-सेल प्रविधि उपलब्ध गराएको छ । मलाई लाग्छ, चीनले जनाएको प्रतिवद्धताको यो पनि एउटा कदम हो,’ उनले भने ।

उनले सिभिल अस्पताललाई मात्रै नभएर नेपालका अन्य अस्पतालहरुलाई समेत चीनजस्ता अन्य मित्र राष्ट्रहरुको सहयोग लिएर भएपनि विश्वस्तरीय चिकित्सा उपचार उपलब्ध गराउनेतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com