ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेपलाञ्चोकमा राजनीतिक दलको खर्च विवरण कति ?


admin

बनेपा, १७ माघ।  काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका उम्मेदवारले रु १० लाखभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छ न् ।

माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा क्षेत्र नं १ मा रु २४ लाख ४५ हजार निर्वाचन खर्च लागेको विवरण बुझाउनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका मधुप्रसाद आर्चायले रु १६ लाख १६ हजार र प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले रु १५ लाख ८५ हजार खर्च विवरण बुझाउनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवार तीर्थबहादुर लामाले रु १५ लाख २३ हजार, क्षेत्र नं १ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार गणेश लामाले रु १४ लाख ९५ हजार तथा एमालेका उम्मेदवार चन्द्रबहादुर लामाले रु ११ लाख ८८ हजार निर्वाचन खर्च विवरण बुझाएका छन् ।

क्षेत्र नं २ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार सुन्दरमणि आर्चायले रु १३ लाख ५६ हजार, एमालेका उम्मेदवार लक्ष्मण लम्सालले रु १२ लाख ६७ हजार, क्षेत्र नं २ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादेले रु सात लाख ९८ हजार, एमालेका उम्मेदवार वसुन्धरा हुमागाईले रु १३ लाख ८७ हजार, क्षेत्र नं १ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले रु १३ लाख ४५ हजार र माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले रु १४ लाख ४६ हजार खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले तोकिएको सीमाभित्र नै दलहरुले खर्च गरेको बताउनुभयो । निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये छ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com