ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैठकमा के प्रस्तुत गर्ने भन्ने जनप्रतिनिधीलाई चिन्ता


admin
माघ १७, २०७४ बुधबार  ३ : ५४ बजे

मोरङ, १७ माघ । नेपाली काँग्रेसको समानुपातिक सूचीबाट १ नं प्रदेशको सांसद बन्नुभएकी शान्ता पौडेल संसद्को पहिलो बैठकमा जानुअघि आफू कसरी प्रस्तुत हुने भन्ने विषयमा साथीसँग छलफलमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म नयाँ हूँ मैले आफूलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे साथीसँग छलफल गरिरहेको छु ।

सांसदमा जाँदा के एजेण्डा लिएर जाने भन्नबारे छलफल भइरहेको जानकारी दिंदै उहाँ भन्नुहुन्छ, “प्रदेश सांसदले नै कानून बनाउने भएकाले देश र जनताको हित हुनेगरी मेरा एजेण्डा तय हुन्छ ।”

उहाँ मात्र होइन प्रदेशसभाको बैठक बस्ने दिन नजिकिँदै गर्दा यहाँका महिला सांसद आफ्ना एजेण्डा कसरी प्रस्तुत गर्ने भन्नेमा चिन्तित हुनुहुन्छ । उहाँहरू पहिलो बैठकमा प्रस्तुत हुनका लागि गृहकार्यमा जुट्नुभएको हो । एमालेबाट समानुपातिक सांसद बन्नुभएकी सावित्रा रेग्मीले १ नं प्रदेशलाई नमूना प्रदेशकोरुपमा स्थापित गर्ने योजनाका साथ लागिपर्ने बताउनुभएको छ ।

पहिलो संसद्को बैठक आफ्ना लागि पनि नयाँ अनुभव भएकोे र धेरै विषय भएकाले प्राथमिकताको आधारमा अघि बढने उहाँ उल्लेख गर्नुहुन्छ । प्रत्यक्ष निवार्चनमा चुनाव जितेका नयाँ संसद्लाई बैठकमा जाँदा के एजेण्डा लिएर जाने भन्ने अन्यौल नै छ । बाम गठबन्धनबाट मोरङ क्षेत्र नं ४ ९१० बाट निर्वाचित विजय थारु भन्नुहुन्छ , “जनताले चाहे अनुसारको काम गर्न सकिन्छ की सकिँदैन भन्ने चिन्ता छ ।”

प्रदेश नं १ मा ९३ संसद् प्रदेशसभाको बैठकमा सहभागी हुँदैछन् तर सहभागी हुने सांसदमा केही बाहेक अधिकांश नयाँ अनुहार छन् । प्रदेश प्रमुखको कार्यालयले १ नं प्रदेशको पहिलो सांसद बैठक मोरङको जिल्ला समन्वय समितिको सभाहलमा यही माघ २२ गते १ बजेका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com