काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेको भन्दै चिन्ता नगर्न अनुरोध गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै मन्त्री किरातीले भनेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’
फ्लाई दुबईको जहाज काठमाडौं विमानस्थलबाट उड्नासाथ इन्जिन फेल भएको थियो । इन्जिनमा आगलागी भएको थियो । काठमाडौंलाई फन्को लगाउँदै गर्दा निकै ठूलो आवाज आएको थियो ।







प्रतिक्रिया दिनुहोस्