ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वलिउड चलचित्र ‘पद्मावत’ मलेसियामा पनि प्रतिबन्ध


एबीसी न्यूज

माघ, १७ –लामो समयको विवादपछि प्रदर्शनमा आएको वलिउड चलचित्र ‘पद्मावत’ ले भारत बाहेकका देशमा पनि प्रतिबन्धको सामना गर्नुपरेको छ । मलेसियामा पनि यो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको हो ।

चलचित्रका दृश्यलाई लिएर मलेसियामा रहेका मुसलमानहरुले आपत्ति जनाउन सक्ने र विरोध गर्नसक्ने संभावना भएका कारण मलेसियन सेन्सर बोर्डले चलचित्र प्रदर्शनको अनुमति दिएको छैन ।

मलेसियाको राष्ट्रिय चलचित्र सेन्सरसिप बोर्ड (एलपीएफ)का अनुसार यस चलचित्रको विषय मलेसियन नागरिकका लागि चिन्ताको विषय बन्न     सक्नेछ ।  मलेसियामा अधिकांश मुस्लिम धर्मावलम्बीहरु बसोवास    गर्छन् ।

सुफी कवि मलिक मोहम्मद जायसीद्वारा १५४० मा रचित महाकाव्य पद्मावत मा आधारित चलचित्र ‘पद्मावत’ मा रानी पद्मावतीको सुन्दरताको बयान गरिएको छ । रानीको सुन्दरतामा मुगल शासक अलाउद्दिन खिलजी पागल भएर निकै हिंस्रक र क्रुर भएको कुरालाई चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रमा रणवीर सिंह, दिपीका पादुकोण, साहिद कपुरलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र २५ जनवरीदेखि प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com