ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन : बारामा ६४, चितवनमा ६३ र तनहुँमा ५३ प्रतिशत मतदान


एबीसी न्यूज
बैशाख १०, २०८० आईतबार  ७ : ०६ बजे

काठमाडौं, १० बैशाख । तनहुँ, बारा र चितवनको मतदानको प्रारम्भिक विवरण आएको छ । जसअनुसार समग्रमा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । आयोगका अनुसार बारा क्षेत्र नं. २ मा ६४ प्रतिशत, चितवन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएको छ । गत मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ३ प्रतिशत मतदान भएको थियो ।

यस निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता थिए । तनहुँ १ मा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा गत निर्वाचनभन्दा दुई प्रतिशत मत कम खसेको हो । मंसिर ४ मा तनहुँ–१ मा ५४ प्रतिशत मत खसेको थियो। यसपल्ट यहाँ ५३ प्रतिशतभन्दा मत खसेको निर्वाचन आयोगले जनाएको छ । तनहुँ–१ बाट विजयी प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । तनहुँका देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडाको भूगोल समावेश गरेर तनहुँ–१ निर्धारण गरिएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गर्नुभइएको थियो ।

स्वतन्त्र उम्मेदवार जोशी (जोशी समूहका नेता गोविन्दराज) ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए।चितवन २ मा पनि मंसिरको प्रतिनिधिसभा निर्वाचनभन्दा कम मत खसेको छ । यहाँ गत निर्वाचनभन्दा झण्डै ५ प्रतिशत मत कम खसेको हो । मंसिर ४ मा चितवन–२ मा ६७ दशमहल ६३ प्रतिशत मत खसेको थियो। यसपल्ट ६३ प्रतिशतभन्दा कम मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण निर्वाचन आयोगले आइतबारका लागि चितवन–२ मा उपनिर्वाचनको मिति घोषणा गरेको थियो। निर्वाचन आयोगले कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडाको भूगोल समेटेर निर्वाचन क्षेत्र नम्बर २ निर्धारण गरेको थियो। चितवन–२ मा कांग्रेसका तर्फबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो ।

यहाँ एमालेका तर्फबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवार थिए । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ मा प्रत्यक्षतर्फ ४९ हजार ३ सय मतका साथ लामिछाने विजयी हुनुभएको थियो । उहाका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र एमाले नेता कृष्णभक्त श्रेष्ठले १४ हजार ६५२ मत पाउनुभएको थियो । उता बारा क्षेत्र नम्बर २ मा पनि कम मत खसेको छ । त्यहाँ ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुल ६ वटा स्थानीय तहका ४४ वडा रहेको यस निर्वाचन क्षेत्रमा गाउँबाट मतपेटिका कलैया ल्याइँदैछ । यहाँको मतगणना आजै गर्ने वा भोलिबाट थाल्नेबारे सर्वदलीय बैठकपछि निर्णय गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको हो। यस क्षेत्रमा मंसिर ४ को चुनावमा यहाँ ६४.४४ प्रतिशत मत खसेको थियो। बारामा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आमजनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मदेवार छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com