ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा बारा, चितवन र तनहुँ को अवस्था, पहिलो कसको कति मत ? अहिले के हुन्छ ?


ABC NEWS

काठमाडौं १० बैशाख । उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ ।

निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आयोग दृढ संकल्पित छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास छ ।
आयोगले निर्वाचनलाई स्वतन्त्र र भयमुक्त हुने सुनिश्चिततासहित सुरक्षालगायत सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क मतदानको अधिकार उपयोग गर्न मतदातालाई अनुरोध गरेको छ । ‘निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आयोग दृढ संकल्पित छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।’

नौजना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २२ जना उम्मेदवार रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडिआइजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धाको आकलन छ ।

चितवन २ मा यसअघि लामिछाने देशभरमै सबैभन्दा धेरै मतान्तरले निर्वाचित भएको क्षेत्र हो । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएका निर्वाचन क्षेत्र हुन् । यसअघि चुनाव जितेका क्षेत्रहरू भएकाले चितवनमा रास्वपा, तनहुँमा कांग्रेस र बारा जसपाका लागि परिणाम ल्याउनैपर्ने दबाबका कारण प्रतिष्ठाको निर्वाचन बनेको छ ।

आचारसंहिता कार्यान्वयनका लागि अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाई सूक्ष्म अनुगमनको व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ । साथै, आयोगले निर्वाचन हुने क्षेत्रका लागि दशबुँदे विशेष निर्देशनसमेत दिएको छ । आयोगले सम्बन्धित जिल्लामा आवागमन र सवारीसाधन सञ्चालनका लागि स्थानीय प्रशासनलाई आवश्यक व्यवस्थान हुने जनाएको छ । मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्तीसमेत गरिएको जनाइएको छ ।

उपनिर्वाचन पर्यवेक्षणका लागि ६ संस्थाले अनुमति पाएका छन् । अनुमति पाउनेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

किन हुँदै छ उपनिर्वाचन?


४ मंसिरमा रास्वपाबाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

४ मंसिरको निर्वाचन अंकगणित

चितवन २    

प्रत्यक्ष : रवि लामिछाने (रास्वपा) : ४९ हजार ३००, उमेश श्रेष्ठ (कांग्रेस) : १४ हजार ९८८, कृष्णभक्त पोखरेल (एमाले) : १४ हजार ६५२, रविन अधिकारी (राप्रपा) : ९५५, टेकबहादुर तामाङ (मंगोल नेसनल अर्गनाइजेसन) : २७७, अमृत तामाङ (हाम्रो नेपाली पार्टी) : १४९ मत र अन्य १० उम्मेदवारको १०० भन्दा कम मत

समानुपातिक : रास्वपा : ३५ हजार ९४५, एमाले : १६ हजार ७८४, कांग्रेस : १२ हजार १३२, माओवादी : ८ हजार ४०७,राप्रपा : ३ हजार २१८, एकीकृत समाजवादी : ६१६, मंगोल नेसनल अर्गनाइजेसन : ४५६, सुशासन पार्टीलगायत ४ दल : ३३०, माले : २२०, जनमत पार्टी : १५५, हाम्रो नेपाली पार्टी : १२६, नागरिक उन्मुक्ति : १२४, जनमोर्चा : १२२ र अन्य ३४ वटा पार्टीको १०० भन्दा कम मत

तनहुँ १    

प्रत्यक्ष : रामचन्द्र पौडेल (कांग्रेस) : २५ हजार ३६१, एकबहादुर रानामगर (एमाले) : १९ हजार ९८१, गोविन्दराज जोशी (स्वतन्त्र) : ६ हजार ८८६, विकास सिग्देल (रास्वपा) : ६ हजार ४४ र विनोदकुमार घर्ती (राप्रपा) : २ हजार ४८४ मत

समानुपातिक : कांग्रेस : २० हजार १५८, एमाले : १६ हजार ६८३, रास्वपा : १२ हजार ७७३, माओवादी : ७ हजार ३२६, राप्रपा : ३ हजार ५७७, एकीकृत समाजवादी : ९५० मत

बारा २    

प्रत्यक्ष : रामसहायप्रसाद यादव (जसपा) : १३ हजार ८२२, शिवचन्द्रप्रसाद कुसवाह (माओवादी) : १३ हजार ४६८, रामकिशोरप्रसाद यादव (स्वतन्त्र) : ११ हजार ४३, रवीन्द्रप्रसाद यादव (स्वतन्त्र) : १० हजार ७५०, अरुणकुमार ज्ञवाली (स्वतन्त्र) : ७ हजार ६९८, राजेश साह (जनमत) : २ हजार ७२५, तेजबहादुर भगत (नागरिक उन्मुक्ति) : १ हजार १११, अन्य १५ उम्मेदवार : ३ हजार १२५ मत

समानुपातिक : जसपा : १३ हजार २४२, कांग्रेस : ११ हजार १७९, एमाले : ९ हजार १९३, जनमत पार्टी : ८ हजार ८४६, लोसपा : ४ हजार २३५, नागरिक उन्मुक्ति : ३ हजार ७९४, माओवादी : ३ हजार २६५, नेपाल संघीय समाजवादी : २ हजार ३६६, एकीकृत समाजवादी : १ हजार ९९६, रास्वपा : १ हजार ४५५ र राप्रपा : ९९२ मत

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com