ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो


abc tv

काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ ।

गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले रु ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ ।

एभरेष्ठ बैंकले गत वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा रु दुई अर्ब ४६ करोड बराबर पु¥याएको छ । त्यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले गत वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर रु दुई अर्ब ६१ करोड बराबर पु¥याएको छ ।

रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर रु पाँच अर्ब ११ करोड पुगेको छ । रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन् । ग्लोबल आइएमई बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर रु चार अर्ब ३५ करोड पु¥याएको छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर रु चार अर्ब एक करोड प¥याएको छ ।

धेरै नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ । वाणिज्य बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर रु तीन अर्ब ५७ करोड पु¥याएको हो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा रु तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो ।

लक्ष्मी बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर रु एक अर्ब १६ करोड पु¥याएको छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म रु एक अर्ब ८० करोड पु¥याएको छ । त्यस्तै प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा प्रभुले रु एक अर्ब ९५ करोड बराबर नाफा कमाएको हो ।

सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ । यो अवधिमा सानिमाको नाफा रु एक अर्ब ७१ करोड बराबर छ । हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ । हिमालयले चैत मसान्तसम्ममा रु एक अर्ब ४१ करोड नाफा कमाएको हो । कुमारी बैंकको नाफा वृद्धिदर शून्य दशमलव ९७ र एनएमबी बैंकको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत बराबर छ । कुमारी बैंकले रु एक अर्ब ८२ करोड बराबर नाफा कमाउँदा एनएमबीले रु दुई अर्ब ६८ करोड नाफा कमाएको छ ।

गत वर्षको तुलनामा नाफा घट्नेमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ । कृषि विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ४५ दशमलव ३६ प्रतिशतले नाफा घटेको छ । गत वर्ष चैतसम्ममा रु एक अर्ब ९० अर्ब नाफा कमाएको बैंकको यस वर्षको नाफा भने रु एक अर्ब चार करोडमा खुम्चिएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको पनि गत वर्षको तुलनामा नाफा घटेको छ । अघिल्लो चैत मसान्तसम्ममा रु दुई अर्ब आठ करोड बराबर नाफा कमाएको बैंकले यस वर्ष भने नाफा २८ दशमलव ६५ प्रतिशतले घटेर रु एक अर्ब ४९ करोडमा कायम भएको छ ।

सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा २२ दशमलव २४ प्रतिशतले घटेर रु एक अर्ब २३ करोड बराबर छ । त्यस्तै नेपाल बैंक लिमिटेडको नाफा १८ दशमलव ७२ प्रतिशतले घटेर रु एक अर्ब ७८ करोड बराबर छ । माछापुच्छ«े बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा रु एक अर्ब ५५ करोड बराबर रहेकामा १२ दशमलव ८८ प्रतिशतले घटेर रु एक अर्ब ३५ करोड बराबर छ । प्राइम कमर्सियल बैंक र सनराइज बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष क्रमशः नौ दशमलव ३५ र आठ दशमलव ३३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा प्राइमले रु दुई अर्ब ४६ करोड र सनराइजले रु एक अर्ब १७ करोड बराबर नाफा कमाएको छ ।

बढ्यो निष्क्रिय कर्जा

वाणिज्य बैंकहरूको चालु आवको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्दा गत वर्षको तुलनामा निष्क्रिय कर्जा बढेको छ । साँवा–ब्याज उठ्न समस्या भएपछि बैंकहरूको निष्क्रिय कर्जा बढेको छ भने निष्क्रिय कर्जा बढ्दा बैंकको वित्तीय विवरणमा पनि त्यसको असर देखिएको छ ।

गत आवको चैत मसान्तसम्ममा एक दशमलव २१ प्रतिशत बराबर रहेको बैंकहरूको निश्क्रिय कर्जा चालु आवको सोही अवधिमा तीन दशमलव ४८ प्रतिशत बराबर पुगेको छ । सबैभन्दा धेरै निष्क्रिय कर्जा भएका बैंकहरूमा हिमालयन बैंकको चार दशमलव ५६, कृषि विकास बैंकको चार दशमलव ३५ र नेपाल बैंक लिमिटेडको चार दशमलव १६ रहेको छ ।

सिटिजन्स बैंकको तीन दशमलव ९८, कुमारी बैंकको तीन दशमलव ९७, सिद्धार्थ बैंकको तीन दशमलव ९५, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तीन दशमलव ९४, नबिल बैंकको तीन दशमलव ८७, प्रभु बैंकको तीन दशमलव ४८, राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ८८, ग्लोबल आइएमई तीन दशमलव ९६, सनराइज बैंक तीन दशमलव ६२ र प्राइम कमर्सियल बैंकको तीन दशमलव ०६ प्रतिशत बराबर रहेको छ ।

एनएमबी बैंकको निष्क्रिय कर्जा दुई दशमलव ९६, सानिमा बैंकको दुई दशमलव २७, माछापुच्छ«ेको दुई दशमलव ३७ र लक्ष्मी बैंकको एक दशमलव ८२ रहेको छ । नेपाल एसबीआई बैंकले शून्य दशमलव ९७, एनआइसी एसिया बैंकले शून्य दशमलव ८५, स्टान्डर्ड चार्टर्ड बैंकले शून्य दशमलव नौ र एभरेष्ट बैंकले शून्य दशमलव सात प्रतिशतमा निष्क्रिय कर्जा कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com