ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड नेतृत्वको सरकार एमालेलाई अपाच्य भएको छ : माधव नेपाल, बैचारिक समस्या बढ्यो : उपप्रमश्रेष्ठ


ABC NEWS
बैशाख ९, २०८० शनिबार  ४ : ५८ बजे

 

काठमाडौं ९ बैशाख । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको पनि बताए।

‘कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन। यसअर्थमा अनेकौँ खालका षड्यन्त्र हुनसक्दछन्,’ अध्यक्ष नेपालले भने, ‘हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ।’

आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने आरोप लगाए।

उनले कम्युनिष्ट सरकारबिरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताए।

‘मैले आउँदै गर्दा मिटरब्याजीहरु सिंहदरबार अगाडि आएर धर्नामा बसेको देखेँ, सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्न जरुरी छ,’ नेता नेपालले भने, ‘हामीले किन बुझाउन सकेका छैनौँ। छानबिन र दण्ड गर्नेकुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौँ। यो अनेक खालको षड्यन्त्र पनि हुनसक्छ।’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु छरिएर रहनु राम्रो नभएको जिकिर गरे।
उपप्रधान एवं गृहमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। विचारधारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीहरुमा बढेको पनि उनले बताए।

‘हाम्रो कम्युनिष्ट पार्टीहरुको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो। विचार धारात्मक सांस्कृतिक समस्या हो। यो वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान सुरु गर्नुपर्छ,’ श्रेष्ठले भने।

वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान सुरु गर्नुपर्ने उनको भनाई छ।

हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने पनि उनले बताए।

‘हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र त्यो ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै हामीले तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्नसक्छौँ,’ श्रेष्ठले भने, ‘अन्यथा त्यो कार्यभार पूरा हुन सक्दैन ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्न सक्नुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com