ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनको नतिजा तीन दिनभित्र सार्वजनिक हुने


एबीसी न्यूज
बैशाख ९, २०८० शनिबार  ६ : ३८ बजे

 काठमाडौँ, ९ बैशाख  ।  निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

उक्त निर्वाचनको सबै तयारीमा सघाउन जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेको छ।

‘हामी १३ गतेभित्र तिनै क्षेत्रको मतगणना सकेर नतिजा सार्वजनिक गर्छौं,’ थपलियाले भने, ‘१० गते बेलुका ८ बजेभित्र सबै ठाउँको मतपेटिका मतगणना स्थल पुर्‍याउछौं र ढिलोमा ९ बजेदेखी गणना सुरु गर्छौं।’ चुनावमा खटिएका कर्मचारीलाई कुनै अप्रिय घटना हुन नदिनेगरी सचेत रहन निर्देशन दिइएको समेत उनले बताए।

प्रहरीलाई ब्याकफोर्समा राखेर काम गर्ने भएकोले चुनाव शान्तिपूर्ण हुने उनको भनाई छ। ‘हामीले राजमार्गमा चल्ने सवारी साधनलाई पनि चेक गरेर मात्र गन्तव्यमा पठाउँछौँ,’ निर्वाचन आयुक्त थपलियाले थपे, ‘मतदातालाई ढुक्क भएर मतदान गर्न कुनै समस्या पर्ने छैन।

यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो। उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै थपलियाले नतिजा पनि ३ दिनभित्रै आइसक्ने दाबी गरे।

त्यस्तै यो पटकको उपनिर्वाचन पुरानै मतपत्रबाट हुन लागेको हो।

निर्वाचन आयोगले उपनिर्वाचन हुने चितवन २, बारा २ र तनहुँ १ का मतदाताको नामावली चैत १६ गते नै सार्वजनिक गरेको थियो।

आयोगले अद्यावधिक गरेको पछिल्लो नामावली अनुसार मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तुलनामा बारा २ र चितवन २ मा मतदाता संख्या बढेको छ भने तनहुँ १ मा भने घटेका छन्।

मंसिरको चुनावमा चितवन २ मा १ लाख २४ हजार २१५, बारा २ मा १ लाख ०५ हजार ०११ र तनहुँ १ मा १ लाख २३ हजार ४९० मतदाता थिए।

तर उपनिर्वाचनका लागि चितवन २ मा ४७० थप भइ १ लाख २४ हजार ६९५, बारा २ मा २३७ थप भइ १ लाख ५ हजार २४८ र तनहुँ १ मा १८५ घटेर १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन्।

तनहुँ १ मा काङ्ग्रेसका गोबिन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वार्णिम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

यस्तै, चितवन २ मा रास्वपाका सभापति समेत रहेका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

बारामा भने जनमत पार्टीका शिवचन्द्र कुशहवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच तीब्र प्रतिस्पर्धा देखिन्छ।

एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि सो क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन्।

चुनाव हुन लागेको मध्य चितवन–२ को इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका तथा तनहुँ–१ को केही वडाको मत संकलन गरेर ढुवानी गर्न समय लाग्ने आयोगले जनाएको छ।

उपचुनावमा सेना समेत खटिने भनेकोले आयोगले कर्मचारी संख्या, सेना र प्रहरी कति खटाउने शनिबार मात्र सार्वजनिक गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com