ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेलले नेपालमै उपचार गर्छु भन्नुहुन्थ्यो, मैले भारत पठाएँ : प्रचण्ड


ABC NEWS

काठमाडौं ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले नै उपचार गर्न भारत जान सल्लाह दिएको बताएका छन्।

बुधबार तनहुँ–१मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले नेपालमा उपचार गर्ने इच्छा राखे पनि आफूले नै भारतमा जान सल्लाह दिएको बताएका हुन्।

‘उहाँ अस्वस्थ हुनुभयो तर, गम्भीर होइन। हिजो मैले उहाँसँग कुरा गरेँ। मैले भारत जान सल्लाह दिएँ। उहाँले नेपालमा उपचार गर्न चाहनुभएको थियो। तर, मैले डाक्टरले जे भन्छन् त्यही गर्नु भनेको थिएँ त्यसपछि उहाँले मान्नुभयो,’ उनले भने।

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आजै भारत लगिएको छ। बिहान श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई थप भारत लागिएको हो। पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार सुरु भइसकेको जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

तनहुँमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्रीको भाषण र काममा के फरक थियो भन्नेतर्फ संकेत गर्दै भने, ‘भ्रष्टाचार र बेथिति रोक्नका लागि केही कठोर कदम चालिएको छ । हिजोको मात्रै क्याबिनेटको निर्णय हेर्नुहोला, कुरो गहिरो छ । ठुल्ठूला गफ हाँक्नेहरूको असलियत के हो भन्ने कुरा हामीले देखिराख्या छौं ।’

मंगलबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले जारी गरेको नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि, २०७९ खारेज गरेको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत पुस १३ गते अर्थ मन्त्रालय र कानुन मन्त्रालयलाई समेत जानकारी नदिई राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिन कार्यविधि जारी गर्ने निर्णय खारेज गरेको थियो ।

प्रधानमन्त्री दाहालले सरकारबाट सुशासन र प्रशासनमा सुधारका लागि गम्भीर कदम चालिएको बताए । उनले संविधानको हुर्मत लिने र गणतन्त्रमा प्रहार गर्नेहरूका विरुद्ध गठबन्धन बनेको बताए । उनले नयाँ ढंगले कामको सुरुआत गरिएको बताउँदै भने, ‘कहिलेकाहीं खहरे खोला उर्लिएर आउँछ बडो डरलाग्दो तर त्यो खहरे सुक्नेवाला छ । नदी आफ्नो गतिमा महासागरतर्फ लम्किइरहन्छ ।’

प्रधानमन्त्री दाहालले १० वर्षदेखि स्कुलमा पाठ्यपुस्तक नपुग्ने अवस्था अन्त्य गर्न आफ्नै पहलमा शैक्षिक सत्र सुरु हुनु पहिल्यै पुस्तक पुर्‍याएको बताए । उनले नयाँ बजेटमार्फत सरकार सुशासन र समृद्धिको नयाँ यात्रा गर्ने गरी प्रस्तुत हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com