ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जा सम्मेलन : नेपाल र भारतका निजी कम्पनीबीच २ सय मेगावाट विद्युत् व्यापार गर्ने सम्झौता


ABC NEWS

 

काठमाडौँ ५ वैशाख । नेपाल र भारतका निजी जलविद्युत् व्यवसायिक कम्पनीबीच विद्युत् व्यापार सम्झौता भएको छ । अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिन्ट इण्डिया कम्पनीबीच सम्झौता भएको हो ।

मंगलबारबाट सुरु भएको ऊर्जा सम्मेलन २०२३ मा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीहरूले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता गरेका हुन् । जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य र स्टिलमिन्टको तर्फबाट महाप्रबन्धक क्षितिज पाण्डेले हस्ताक्षर गरे । २ सय मेगावाट विद्युत् व्यापारका लागि मणिकरण पावर कम्पनीसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको नेपाल पावर एक्सचेञ्ज कम्पनीका निर्देशक उत्तम ब्लोन लामाले जानकारी दिए ।

त्यस्तै सम्मेलनमा भारतको मणिकरण र नेपालको बिजबेल इनर्जी कम्पनीबीच विद्युत् खरिदसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । सो समझदारीअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३.५ मेगावाट क्षमताको चुवा खोला आयोजनाबाट उत्पादन हुने विद्युत् भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ । यो समझदारीअनुसार नेपाल पावर एक्सचेञ्ज कम्पनीले विद्युत् खरिद कम्पनी मणिकरण र बिक्री गर्ने कम्पनी बिजबेलबीच खरिदबिक्रीको लागि मध्यस्थताका रुपमा काम गर्नेछ ।

मणिकरणले कसुवा खोला जलविद्युत् आयोजनासँग पनि समझदारी गरेको छ । जसअनुसार संखुवासभामा रहेको ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने थप विद्युत् मणिकरणले खरिद गर्नेछ । कसुवा खोलाले यसअघि नै नेपाल विद्युत् प्राधिकरणलाई ४५ मेगावाट विद्युत् बिक्री गर्ने सम्झैता गरिसकेको छ । तर, सरकारले नीतिगत रुपमा ुक्यूु घटाएर २५ सम्म ल्याउन सक्ने र विद्युत् उत्पादन क्षमता क्षमता बढाउन सक्ने व्यवस्था गरेपछि आयोजनाले क्षमता वृद्धि गरेर ८५ मेगावाटसम्म उत्पादन गर्ने योजना बनाएको छ ।

यसअनुसार विद्युत् प्राधिकरणसँग भएको सम्झौताभन्दा बढी परिमाणको कसुवा खोलाको विद्युत् मणिकरणलाई बिक्री गरिनेछ । मणिकरणले कसुवाखोला जलविद्युत् आयोजनाबाट प्राप्त हुने विद्युत्‌लाई दीर्घकालीन रुपमा भारतमा खपत गर्नको लागि भूमिका खेल्नेछ । त्यस्तै, यो कामको लागि नेपाल पावर एक्सचेञ्ज कम्पनीले खरिदकर्ता र बिक्रीकर्ताबीच मध्यस्थताको रुपमा भूमिका खेल्नेछ । यसैगरी, सम्मेलनमा फिफ्टीहर्ज प्राइभेट र ग्रीण रिसोर्सेज कम्पनीबीच पनि सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com