ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा सैनिक कलह : १ सय ८५ को मृत्यु, १ हजार ८०० घाइते


ABC NEWS

 

काठमाडौँ ५ बैशाख । (एजेन्सीको सहयोगमा)सुडानमा केही दिनदेखि जारी द्वन्द्वको क्रममा मृत्यु हुनेको संख्या कम्तीमा १८५ पुगिसकेको छ । १ हजार ८०० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले दिएको यो तथ्यांकभन्दा धेरै मानिसको मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । जारी लडाइँका बीच राजधानी खार्तुमका सडक र आसपासमा लडिरहेका शव उठाउन नसकिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

मृत्यु हुनेमा ९७ जना आम नागरिकहरू रहेको पनि बताइएको छ । सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा पछिल्लो केही दिनयता झडप भएको छ । हाल सरकारी सेना र र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच झडप भएको हो ।

आरएसएफ र सेनाले राष्ट्रपति रहने क्षेत्र‚ खार्तौम विमानस्थल र अन्य महत्त्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाहरूलाई भने सुरक्षित स्थानतर्फ जान आदेश दिइएको छ ।

आरएसएफले भने यो भीडन्तलाई ुआफ्ना जनताको अधिकार पुनर्स्थापना गर्ने लडाइँु भन्दै आएको छ । ुनयाँ क्रान्तिले अझै आफ्नो महान लक्ष्यहरू प्राप्त गरिरहेको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण लक्ष्य हो, नागरिक सरकारको गठन । जसले हामीलाई वास्तविक लोकतान्त्रिक संक्रमणतर्फ लैजानेछ,ु आरएसएफको विज्ञप्तिमा उल्लेख छ । आरएसएफका कमाण्डर मोहम्मद हमदान दागालोले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अन्य मित्र राष्ट्रहरूसँगको वार्तापछि यस्तो निर्णय भएको बताएका हुन् । उनले यसअघि नै सर्वसाधारणलाई सुरक्षित अवतरण गराउन र घाइतेहरूको उद्धार सुनिश्चित गर्न २४ घण्टाको युद्धविराम स्वीकृति गरेको जनाएका थिए ।

सरकारी सेनाले भने एक विज्ञप्ति जारी गर्दै २४ घण्टाको युद्धविरामका सम्बन्धमा मध्यस्थकर्ता वा अन्तर्राष्ट्रिय समुदायसँगको कुनै पनि समन्वयबारे आफू अनजान रहेको जनाएको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूले ुहेमेत्तीु भनेर चिनिने आएरएसफका प्रमुख मोहम्मद हमदान दागालो र सेना प्रमुख अब्देल फत्ताह अल(बुर्हानसँग छुट्टाछुट्टै वार्ता गरेको जनाएका छन् । साथै लडाइँलाई थप नलम्ब्याउन पनि उनले दुवै पक्षलाई चेतावनी दिएको बताएका छन् ।

आएरएसफले गत साता नै राजधानीका प्रमुख स्थान नियन्त्रणमा लिएको दाबी गरेपछि सेनाले पनि आरएसएफको बेसक्याम्प रहेको क्षेत्रमा हवाई आक्रमण गरेको थियो । उक्त हवाई आक्रमणपछि दुवै पक्षबीच गोली हानाहान भएको हो ।

सन् २०२१ मा सैन्य कु भएपछि सेनाले नै त्यहाँको राज्य सञ्चालन गर्दै आएको छ । सन् २०२१ अक्टुबर २५ मा जनरल अब्देल फत्ताह अल(बुर्हानले सत्ता कब्जा गरी सैन्य बलबाटै सुडानको राज्य सञ्चालन गर्दै आएका छन् ।

कसरी सुरु भयो भीडन्त रु

सन् २०२१ मा सैन्य कु भएसँगै काउन्सिल अफ जनरलबाट राज्य सञ्चालन गरिएको हो । यसबीचमा राज्यकै अर्धसैन्य बलको रुपमा रहेको आरएसएफ र सेनाबीच विवाद चर्किँदै पछिल्लो समय सशस्त्र द्वन्द्वको रुप लिएको हो ।

सेना प्रमुख अब्देल फत्ताह र आरएसएफका प्रमुख हेमेत्तीबीच राज्य सञ्चालनको विषयलाई लिएर विवाद चर्किरहेको थियो । यसबीचमा आरएसएफ मातहतका १ लाख अर्धसैनिकलाई सेनामा आबद्ध गर्ने विषयले द्वन्द्वको रुप लिएको हो ।

दुई पक्षबीचको द्वन्द्वका कारण राजधानी शहरका मानिसहरू घर बाहिर निस्कन सकिरहेका छैनन् ।भीडन्तका कारण राज्य नै पक्षघातको अवस्थामा पुगेको अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् । अलजजिरामा प्रकाशित समाचार अनुसार आरएसएफका इलाकामा सेनाले थुप्रै हवाई आक्रमण गरिरहेको छ । अन्तर्राष्ट्रिय समुदायले भीडन्त रोक्न आह्वान गरिरहे पनि विस्फोटका आवाज सुनिने क्रम रोकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com