ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी प्रिमियर कप : नेपालद्वारा मलेसिया ६ विकेटले पराजित


ABC NEWS

 

काठमाडौं ५ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्ल र भीम सार्कीले सतकीय साझेदारी गरेपछि नेपाल ६ विकेटले विजयी भएको हो।

मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा पूरै ५० ओभरमा २३५ रन बनाएको थियो।

मलेसियाले दिएको मध्यम स्कोर पछ्याएको नेपालले ३६‍‍।२ ओभरमा ४ विकेट गुमाउँदै जित निकालेको हो।

नेपालको जितमा ब्याटिङतर्फ कुशल मल्ल र भीम सार्की नायक सावित भए। उनीहरुले भीम सार्कीले ७१ र कुशलले ७० रन बनाए।

नटआउट रहेका कुशलले ४० बलमा ७० रन हानेका थिए। उनले त्यसक्रममा ५ चौका र ५ छक्का पनि हाने।

उता भीमले पनि ९८ बलमा ७१ रन बनाए। उनले आफ्नो पालीमा ५ चौका पनि हाने।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल ३८ बलमा ३१ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए।

त्यस्तै आशिफ शेख ३ बलमा केबल १ रन बनाउँदै पबेलियन फर्किएका थिए।

त्यसपछि नेपाली कप्तान रोहित पौडेल पनि अर्धशतकनजिक पुगेर पबेलियन फर्किए।

उनी ४३ बलमा ४२ रन बनाएको अवस्थामा क्याच आउट भए।

यसअघि मलेसियालाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन(तीन विकेट लिए।

ललित राजवंशीको नाममा विकेट रह्यो। त्यसैगरी गुलशन झाको नाममा एक विकेट रह्यो

मलेसियाका लागि अहमद फैजले ९५ बलमा ७६ रनको सर्वाधिक स्कोर बनाए। त्यसैगरी वीरन्दीप सिंहले ९४ बलमा ४६ रनको पारी खेले।

त्यसबाहेक खिजार हायातको नाममा २२ रन र स्यार्जुल इड्रुसको नाममा २१ रन रह्यो।

नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन। यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए।

त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो। अहिले नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन्।

सहभागीहरुलाई दुई समूहमा राखिएको छ। समूह ुएु मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्।

उता समूह ुबीु मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ। यी दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com