ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी, खनालको बढुवा धरापमा


ABC NEWS
बैशाख ५, २०८० मंगलबार  ४ : ५३ बजे

 

काठमाडौं ५ बैशाख । नेपाल प्रहरी नायव महानिरीक्षक ९डीआईजी० को रिक्त संख्या १३ मा बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय चक्रबहादुर सिंह र अनुराग द्विवेदीले बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी हालेका हुन्।

आफूभन्दा पछिल्लो ब्याचका एसएसपी विकासराज खनाललाई समेत डीआईजी बढुवा सिफारिस गरिएपछि उनीहरु प्रहरी प्रधान कार्यालयको निर्णयविरुद्ध लोकसेवामा गएका हुन्।

यो उजुरीसँगै यदि सरकारले बुधबारसम्म यो सिफारिसमा बढुवा निर्णय नगरेमा खनाल ५५ वर्षे उमेर हदका कारण एसएसपीबाटै बुधबारदेखि अवकाशमा जाने सम्भावना बढेको छ।

यो उजुरीबारे लोकसेवा आयोगले बुधबार नै नटुंगाए एसएसपीको ५५ वर्षे उमेर हदका कारण खनाल अवकाशमा जानेछन्।

अर्कातिर सरकारले भोलिसम्ममा बढुवाको निर्णय गरेमा उनी बढुवा भएर जागिर अवधि पनि लम्बिनेछ। त्यसो हुनसकेमा उनी डीआईजीका रुपमा कार्यरत रहन पाउने छन्।

सरकारले यसअघि गत चैत १९ गते २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र त्यही विज्ञापनका वैकल्पिकहरुलाई डीआईजी बढुवामा सिफारिस गरेको थियो।

अर्कातिर बढुवा समितिले २०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजीका लागि सिफारिस हुँदा पछिल्लो ब्याचबाट ३ जना परेका थिए।

त्यसपछि २०७७ पुसमा ११ एसपीबाट एसएसपीमा बढुवा भएका थिए। उनीहरुमध्येबाट अर्जुन चन्द ठकुरी र सुरेन्द्रप्रसाद मैनाली डीआईजी बढुवाका लागि सिफारिस भएका थिए।

उजुरी हाल्ने एसएसपी सिंह ठकुरी र मैनालीसँगै एसएसपीमा बढुवा भएका हुन्।

द्विवेदी भने खनालकै ब्याची हुन्। उनी खनालसँगै २०७८ कात्तिकमा एसएसपी भएका थिए। त्यसबेला खनाल १ नम्बरमा र द्विवेदी २ नम्बरमा रहँदै एसएसपी बनेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com