ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा महामन्त्री मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा


एबीसी न्यूज
बैशाख ४, २०८० सोमबार  १ : ५८ बजे

काठमाडौं, ४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

‘अहिले घटनाको अनुसन्धान भइरहेको छ, आत्महत्या प्रयास हो वा अरु कुनै कारणले यस्तो भएको हो, त्यो बारेमा खुल्ला’, एसपी कार्कीले भने, ‘घटनास्थलको मुचुल्का उठाएर ल्याएका छौं सोधपुछ जारी छ ।’

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ । थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

विहान करीव ४ बजेतिर थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ । सोमबार विहान भरतपुरका विभिन्न स्थानमा चुनाव प्रचार कार्यक्रममा सहभागी रवि लामिछानेले भने अहिलेसम्म घटनाका बारेमा केही बताएका छैनन् ।

आइतबार दिनभर घरदैलो र तनहुँको दमौलीमा आयोजित चुनावीसभा सकेर राति लामिछाने थापाले चलाएकै गाडीमा घर आएका थिए । उनीहरु सोमबार विहान भरतपुरमा घरदैलो गरेर बारा जाने कार्यक्रम थियो ।

थापाको शल्यक्रिया

चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ ।

शल्यक्रियामा संलग्न कलेजका न्यूरो सर्जन डा। विनोद भट्टराईका अनुसार शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको अवस्था स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

विलासिताको कर घटाउने माग र यथार्थ बजेट बहसबीच अर्थतन्त्र सुधारको दबाब

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com