ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेससँगको वार्ता समाप्त भएको गोविन्दराज जोशीको घोषणा


abc tv
चैत्र २९, २०७९ बुधबार  १२ : ३५ बजे

काठमाडौं । आगामी वैशाख १० मा तनहुँ १ मा हुने उपननिर्वाचनमा निर्णायक देखिएको गोविन्दराज जोशीको समूहले नेपाली कांग्रेससँगको वार्ता अन्त्य भएको घोषणा गरेको छ।

२०७४ को निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएपछि कारबाहीमा परेका कांग्रेसका पूर्वसहमहामन्त्री जोशीको समूह उपनिर्वाचनका लागि निर्णायक देखिएपछि कांग्रेस उनलाई पार्टीमा भित्र्याउन प्रयासरत थियो।

तर जोशीले बुधबार विज्ञप्ति जारी गरी कांग्रेस नेताहरूले आफूलाई उपनिर्वाचनका लागि मात्र उपयोग गर्न खोजेको भन्दै आजदेखि ऊसँगको वार्ता समाप्त भएको घोषणा गरेका हुन्।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौं,’ जोशीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं ।’

वक्तव्यको पूर्णपाठ:

नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ।

आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौँ। नेपाली कांग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं। १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ।

जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौँ। गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो आदि कुरा भनि नेपाली कांग्रेसद्वारा गरिएको प्रचार बिल्कुल झुठो हो। उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ।

जहाँसम्म आगामी वैशाख १० गते सम्पन्न हुने उपनिर्वाचनको सन्दर्भ रहेको छ, यसमा हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौँ अर्थात् यो उपनिर्वाचनमा हाम्रो कुनै आधिकारिक उम्मेदवार छैन। तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ।

नेपाली कांग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छलकपट निर्वाचनको परिणामपछि स्पष्ट हुनेछ। यस विषयमा अहिले हाम्रो कुनै टिप्पणी छैन। वार्ताको क्रममा २०४७ सालको निर्वाचनपछि धेरै इमानदार साथीहरू पार्टीबाट विभिन्न कारणले अलग्गिएर बसेका छन्। आज नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न यी सबैको सहयोगको खाँचो छ भन्ने कुरा हामीले महसुस गरेका छौँ।

पार्टीबाट विभिन्न कारणले अलग्गिएका पार्टीका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔँ भन्ने हाम्रो धारणा थियो र अहिले पनि छ। तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने कांग्रेस नेतृत्व यो बृहत् कुरामा सहमत हुने कुरै भएन। त्यसैले उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो।

जहाँसम्म मतदानको प्रश्न छ यो उपनिर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार नभएता पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ।

त्यसैले मतदान गर्दा २१ औँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं। १ का मतदाताहरूलाई अनुरोध गर्दछ।

अन्त्यमा,
सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन। जसका लागि हामी सधैँ लडिरहने छौँ। अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झण्डामा सीमित नभएर देश र जनताका लागि हुने छ। किन भने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन। जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै।

जय नेपाल
नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूहका तर्फबाट

गोविन्दराज जोशी
पूर्वमन्त्री

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com