ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी


एबीसी / संवाददाता

काठमाडौँ, २९ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

केन्द्रीय बैंकद्वारा मंगलबार चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका हुन् ।

राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै गरेको र यसले बैंक तथा वित्तीय संस्था छोटो समयमा तरलताकै कारण समस्यामा नआउने उनको भनाइ छ ।

उनले राष्ट्र बैंकले तरलताका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाले छोटो समयमा तरलताकै कारण बैंक वित्तीय संस्था समस्यामा नपर्ने बताए । “समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्यांकहरु पनि बलिया छन्”, उनले भने ।

ब्याजदर बजारले नै निर्धारण गर्ने हो
कार्यक्रममा गभर्नर अधिकारीले बैंकको ब्याजदर राष्ट्र बैंकले निधारण गर्ने नभई बजारले नै निर्धारण गर्ने बताए । तरलताको प्रभाव ब्याजदरमा पर्ने बताउँदै उनले वित्तीय बजारमा तरलता सहज हुँदा ब्याजदर घट्ने र तरलतामा चाप भए ब्याजदर बढ्ने तथा राष्ट्र बैंक नियमक मात्रै रहेकाले सोहीअनुसार ब्याजदर घटबढ हुने बताए ।

पछिल्लो समय तरलतालगायत वित्तीय सूचक सहज हुँदै गएकाले बजारमा उपलब्ध हुने तरलता र ऋणको जोखिम हेरेर बैंकहरूले नै ब्याजदर निर्धारण गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

जेनजी आन्दोलन :बीमा दाबी २३ अर्ब ३९ करोड

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com