ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारबाही भए ‘कोर टिम’ खुलासा गर्ने सांसद श्रेष्ठको चेतावनी


एबीसी / संवाददाता
चैत्र २९, २०७९ बुधबार  ८ : १५ बजे

काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा.ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे आज निर्णय गर्ने भएको हो ।

अडियो टेपबारे छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो । बयानपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेको अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार ४ पृष्ठ लामो प्रतिवेदन पार्टी सभापतिलाई बुझाइएको हो ।

बयानका क्रममा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेको बताइएको छ ।

स्रोतका अनुसार संसद श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । “मलाई पसाउन खोजिएको हो, यस्तो बेला पार्टीले सहानुभूति नराख्ने हो भने कोर टिमबारे सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु,” उनले चेतावनी दिँदै भनेका थिए ।

सांसद् श्रेष्ठ र व्यवसायी प्रसाईंबीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।

रास्वपाले समितिले बुझाएको प्रतिवेदन र थप कदमका विषयमा छलफल गर्न बिहान ९ बजेपछि बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । अडियो उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

सम्बन्धित

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com