काठमाडौं । तीव्र आर्थिक संकटकाबीच बढेको बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण समेत सडक संघर्षमा उत्रिरहेका बेला केन्द्रीय बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले मंगलबार दिउँसो पत्रकार सम्मेलन नै गरेर केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्ने भएका हुन् । दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन डाकिएको छ ।
समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन सक्ने अपेक्षा सबैको छ । यद्यपि, केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले आयोजना गर्ने पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको चित्रण हुने केन्द्रीय बैंक स्रोतको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्