ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीसँगै १४ वर्ष लामो जेल जीवन बिताएका पार्टी नेता नरेश खरेलले एमाले छाडे


ABC NEWS
चैत्र २७, २०७९ सोमबार  ४ : २५ बजे

 

काठमाडौं २७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै १४ वर्ष जेल जीवन बसेका पुराना कम्युनिष्ट नेता नरेश खरेलले पार्टी छाडेका छन्।

चितवनमा भएको एमालेको दशौँ महाधिवेशनमा ओलीको सूचीमा केन्द्रीय समितिमा नपरेका खरेल त्यसयता असन्तुष्ट थिए। खरेलसहित १० जनाले सोमबार एमाले छाडेको घोषणा गरेका हुन्।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसकै दिन खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ र हिरासहित १० जना नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टीप्रति १८ बुँदे असहमति प्रस्तुत गर्दै एमाले झापा जिल्ला कमिटीकी उपसचिव चन्द्रकला श्रेष्ठसहित पाँच नेताले एमाले परित्यागको घोषणा गरेका थिए। श्रेष्ठ भद्रपुर नगरपालिकाकी पूर्व उपमेयरसमेत थिइन्।

पार्टी छाड्ने अन्यमा एमाले प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका सदस्य हवालो दिन मियाँ र बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रमिह मियाँ थिए।

त्यसैगरी यसअघि झाापाको हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीले एमाले छाडेर नेकपा समाजवादीको यात्रा थालिसकेका छन्।

खरेल ओलीसँगै १४ वर्ष जेल बसेका थिए। उनी २०३३ सालमा नख्खु जेल ब्रेकरका रुपमा पनि चर्चित छन्।

खरेल र अध्यक्ष ओलीबीच २०५४ सालदेखि विवाद छ। ओलीले आफूविरुद्ध बोलेको आरोप पनि खरेलमाथि लगाइरहेका छन्। तर खरेलले २०५४ सालमा आफू उम्मेदवार हुँदा हुँदै ओलीले अर्को नेता उठाएको आरोप लगाएका छन्।

खरेलले लामो समयदेखि पार्टीमा अनेक संघर्ष गर्नुपरेको बताएका छन्। उनले लामो संघर्ष गर्दै यहाँसम्म आउँदा पटक पटक तिरस्कृत हुनुपरेको पनि गुनासो गरेका छन्।

मंसिर ४ को चुनावअघि एमाले छाडेका घनश्याम भुसाल अहिले पूर्वी नेपालको यात्रामा छन्। समाजवादी महासचिव रहेका भुसालसँग झापामै भएको वार्तापछि खरेल अब उक्त पार्टीमा प्रवेश तयारी गर्दैछन्।

खरेलकी पत्नी पवित्रा निरौला खरेल यसअघि एमालेकी सांसद थिइन्। उनी नेपालबाहिर रहेकाले एमाले छाड्ने नछाड्ने निर्णय गरिसकेकी छैनन्।

यसअघि शनिबार मात्रै एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन्। उनी एमाले फर्किने गरी अहिले वार्तारत छन्।

 

 

ओलीले आफूसँगै १४ वर्ष जेल बसेका नेता खरेललाई १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको सर्वसम्मत सूचीमा राखेका थिएनन्। बरु उम्मेदवार नै नभएका खरेललाई भोट नहाल्न भन्दै सौराहाको बन्दसत्र स्थलमा प्रचासमेत बाँडिएको थियो।
उनकी श्रीमति पवित्रा निरौला खरेल अघिल्लो निर्वाचनमा झापा –२ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् । लामो समय माधव नेपाललाई साथ दिए पनि पार्टी विभाजनका बेला पवित्राले माधवको सट्टा अ‍ोलीलाई रोजेकी थिइन् । उनको निर्वाचन क्षेत्रमा ओलीले यसपटकको निर्वाचनमा सभामसुख बनेका देवराज घिमिरेलाई टिकट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com