ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुंगिदै मन


एबीसी / संवाददाता

पाल्पा, २५ चैत । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् ।

महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउँछिन् । यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उनले बताइन् । “भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले भगवान्को नाममा ध्यान एकाग्र हुँदा मानव मनभित्रका वेदना, दुःख, तनाव सबैबाट मुक्ति मिलेको छ”, उनले भनिन् ।

भजन पुरुषले नै गाउनुपर्छ भन्ने छैन । महिलाले पनि अखण्ड भजन गाउन सक्ने उनको अनुभव छ । महिलाले सीप सिक्न नखोज्नु र यसमा रुची कमैले राख्ने गरेकाले पुरुषको मात्रै संलग्नता समाजमा धेरै देखिएको भण्डारीको भनाइ छ । उमेरले ५३ पुगेकी भण्डारी जवानी उमेरमा नै पाकापुस्तासँग भजन गाउन सिकेर अहिले आफ्नै नेतृत्वमा सामूहिक भजनमा सहभागी हुने गरेको बताउँछिन् ।

परम्परा र संस्कृति संरक्षण मात्र नभई भजनले मनका सारा पीडा दुःख भुलाउँछ । दैनिक दुई घण्टाको समय उनले भजनमा बिताउँछन् । केलादीधाममा भजन गाउने र मनलाई आनन्दित पार्न यहाँका स्थानीयको सक्रिय सहभागिता छ । घर नजिकै मन्दिर भएकाले भजन सिक्न सजिलो भएको छ ।

घर परिवारका पीडा सबै भजनमा सहभागी भएपछि भुल्दै गएको देवीमाया पौडेल बताउँछिन् । उनी हरेक दिन मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म भजनमा सहभागी हुन्छिन् । केलादी मन्दिरमा उनी सो समय गाउँका छिमेकी साथीको साथमा आफैँले बजाएको मादलको तालमा भजन गाउँदा अल्छीपन हट्नुका साथै पीडाले भरिएको मन हलुको हुँदै गएको अनुभव सुनाइन् । अरुले गाएको भजनबाट सीप सिकेर अहिले आफैँले भजन गाउन सक्ने दक्षता हासिल गरेर दैनिक भजनमा संलग्न रहदै आएको पौडेलले बताइन् ।

यहाँ महिलाहरुले आफै मादल, झ्याली, मुजुरा बजाउँदै भजनमा सक्रिय हुने गरेको पाइएको छ । समुह समुहमा पालैपालो घरको कामधन्दा सकाएर तीस वर्ष माथिका महिलाहरु भजनमा सहभागी हुने गरेका छन् । यस कार्यले धर्म, संस्कृति र परम्पराको संरक्षण मात्र नभई मनलाई आध्यात्मिक क्षेत्रमा रमाउने माध्यम बनेको छ ।

केलादीधाममा हाल दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म अखण्ड भजन भइरहेको नेपाल निम्वार्क पिठ राधा दामोदर मन्दिर केलादीधामका सचिव लेखनाथ खनाल बताउँछन् । उनका अनुसार एक समूहलाई दुई घण्टाको समय भजन गाउने वातावरण मिलाइएको छ । दिनमा छ समूहमा आफ्नो पालोअनुसार भजनमा सहभागी हुने गर्दछन् ।

“नयाँ पुस्ताले पुरानो संस्कृित बिर्सदै गएको र आधुनिकताको नाममा पुराना चलन अवलम्बन नहँुदा नयाँ पुस्ता भजनमा रुची देखाउँदैनन्”, उनले भने, “उनीहरुलाई पनि भजनबारे जानकारी दिन र परम्परा धान्न नियमित रुपमा भजन चलाइरहेका छौँ ।” २४ सै घण्टा अखण्ड भजन भइरहने गरेकोमा अहिले जनशक्ति अभावमा दिनको समयमा मात्रै नियमित भजन मन्दिरमा चलाइरहेको खनालले बताए ।

यहाँ विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको अखण्ड भजन बन्द छ । कालीगण्डकी नदीको तटमा रहेको यस केलादीधामले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलाई जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com