ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उडिरहेको जहाजभित्र झगडा गर्ने दुई यात्रु पुगे प्रहरी हिरासतमा


एबीसी / संवाददाता

काठमाडौँ, २४ चैत । बुद्ध एयरको जहाजभित्रै दुई यात्रु झगडा गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बुधबार साँझ विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको उडान नम्बर ७१० को जहाजमा दुई यात्रुबीच लफडा चलेको थियो । तर, लफडाको कारण भने पुरानो रहेको खुलेको छ । दुई यात्रुबीच जग्गाको कारोबारको विवादमा विमानभित्रै झगडा परेको खुलेको छ ।

उनीहरूमध्ये एक जनाले काठमाडौँमा जग्गा दिलाइदिने भनी बैना रकम लिएका रहेछन् । उनले भनेजस्तो जग्गा मिलाइदिन नसकेपछि विराटनगरमा जग्गा मिलाइदिने सर्तमा दुवै जना विराटनगर पुगेका थिए । तर, त्यहाँ पनि जग्गामा कुरा मिल्न नसकेपछि रकम दिने व्यक्तिले आफूलाई काठमाडौँ फिर्ता हुने भन्दै बुद्ध एयरको टिकट काटे । अर्का व्यक्तिले पनि अर्को उडानमा टिकट काटे ।

तर, बुधबार दुई उडानलाई एउटै उडानमा मर्ज गरी काठमाडौँ उडाइयो । अनि जग्गाका झगडालु एउटै विमानमा भेट भए । उनीहरू बस्ने सिट पनि सँगै पर्‍यो ‘९ए र ९बी’ मा । सुरूमा काठमाडौँ नजाने भनेका व्यक्ति आफूसँगै देखेपछि झगडा सुरू भएको थियो ।

उनीहरूबीच केहीबेर हात हालाहालकै अवस्था भएको थियो । अरू यात्रुले र विमान कर्मचारीले झगडा मिलाउन निक्कै मेहनत गर्नुपरेको थियो । पछि फ्लाइट एटेन्डेन्सले सिट फरक–फरक पारेर विमानभित्रको झगडा भने साम्य पारेका थिए ।

विमानस्थलमा झरिसकेपछि नेपाल उड्डयन प्राधिकरणले उनीहरूलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीलाई जिम्मा लगाएको थियो । झगडा गर्नेहरू दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ हुन् ।

ती दुवै जनामाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी लालमणि आचार्यले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जनन्नाथ निरौलाले उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुधबार नै बुझाएको बताए ।

उनीहरूलाई कुन कसुरमा अनुसन्धान अघि बढाउनेबारे प्रहरीले अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com